सप्तरी । सप्तरीको महादेवा गाउँपालिका–१ पकरी कुजराही टोलका २३ वर्षीय नइम पमरियालाई आफ्नै बुबाको हत्याको आरोपमा पूर्पक्षका लागि थुनामा राखिएको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलाशले नइमलाई बुधबारदेखि राजविराज कारागारमा थुनामा पठाएको हो । नइममाथि उनका बुबा ६२ वर्षीय मो. गफुर पमरियाको हत्या गरेको आरोप छ ।
हत्याका अर्का आरोपी गफुरकी श्रीमती ५० वर्षीया जमुनी खातुनलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको जनाएको छ । मृतकका भाई मो. इसराइल पमरियाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा आरोपित विरुद्ध गत असोज २० गते उजूरी दिएका थिए । मदिराको सुरमा कुटपिट गरी गफुरको हत्यापछि फरार रहेका जमुनी र नइमलाई प्रहरीले असोज २० गते पक्राउ गरेको थियो ।
छिमेकी फुल मोहम्मदका अनुसार दिनहँु मदिरा सेवन गरेर घर आउने नइमले असोज १९ गते राति बुबासँग झगडा गरी कुटपिट गर्दा गफुर घाइते भएका थिए । कुटपिटबाट घाइते गफुरलाई राजविराजस्थित अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
आरोपित नइमले भने दाजु मो. हकिम पमरियासँग भइरहेको आफ्नो झडप छुट्याउन आएका बुबा अचानक लडेर मृत्यु भएको बताएका थिए । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २१ कार्तिक २०७६, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुटवलमा बुवाले गरे आफ्नै १७ वर्षीया छोरीको हत्या
वैदेशिक रोजगारीबाट फर्किएपछि पत्नीको हत्या
खुकुरी प्रहार गरी श्रीमतीको हत्या
बाँकेमा श्रीमानले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु
खन्तिले हानेर साथीको हत्या
विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा स्टाफ नर्सको शव भेटियो