काठमाडौँ । भारतले हालै प्रकाशित गरेको आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभागलाई भारतमा गाभेको विरोधमा प्रतिबन्धित नेकपा (विप्लव समूह) ले संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।
महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै नक्सामा नेपाली भूमि मिचेर भारतलेृ नेपालको स्वाधीनता, स्वतन्त्रता र सार्वभौमिकतामाथि हस्तक्षेप गर्न प्रयास गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।
आफ्नो गल्ती सच्याउन आग्रह पनि विप्लवले गरेका छन् । भारतीय अतिक्रमणका विरुद्ध भन्दै विप्लव समूहले साताव्यापापी संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसमा कात्तिक २१ गतेदेखि २७ गतेसम्मलाई जुलुस, कोषसभा, दूतावासमा ज्ञापनपत्र, विरोध प्रदर्शन, मोदीको पुतला जलाउने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० कार्तिक २०७६, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लवको चेतावनी- विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्छौँ
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?