चितवन । चितवनको भरतपुरमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चितवनका अबिरल पोखरेललाई पक्राउ गरेको जनाएको छ ।
गत असोज ११ गते भरतपुरस्थित चोबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम सुरू हुनै लाग्दा शाहीमाथि आक्रमण भएको थियो । आक्रमणबाट घाइते भएका शाहीलाई चितवन मेडिकल कलेजको उपचारपछि थप उपचारको लागि काठमाडौँ लगिएको थियो ।
ग्लोबल होटलबाट बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर कार्यक्रम स्थल जाँदै गरेका शाहीमाथि ढुंगा हानिएको थियो । प्रहरीका अनुसार घटनामा सम्लग्न अन्य केही फरार छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ कार्तिक २०७६, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाले ज्ञानेन्द्र शाहीको कमाण्डमा मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने
सभामुखलाई ज्ञानेन्द्र शाहीको ८ बुँदे सुझाव
प्रधानमन्त्री परिवर्तनले मात्रै जनताको जीवनस्तर सुधार हुँदैन : ज्ञानेन्द्र शाही
अब सञ्चारमन्त्रीलाई जनताले हराउँछन् : ज्ञानेन्द्र शाही
ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’