चितवन । चितवनको भरतपुरमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चितवनका अबिरल पोखरेललाई पक्राउ गरेको जनाएको छ ।
गत असोज ११ गते भरतपुरस्थित चोबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम सुरू हुनै लाग्दा शाहीमाथि आक्रमण भएको थियो । आक्रमणबाट घाइते भएका शाहीलाई चितवन मेडिकल कलेजको उपचारपछि थप उपचारको लागि काठमाडौँ लगिएको थियो ।
ग्लोबल होटलबाट बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर कार्यक्रम स्थल जाँदै गरेका शाहीमाथि ढुंगा हानिएको थियो । प्रहरीका अनुसार घटनामा सम्लग्न अन्य केही फरार छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ कार्तिक २०७६, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य: ज्ञानेन्द्र शाही
‘राप्रपाभित्र एकताको अपिल, फरक विचारप्रति सम्मान आवश्यक’ : ज्ञानेन्द्र शाही
पुराना र नयाँ दलबीच वैचारिक भिन्नता नभएको ज्ञानेन्द्र शाहीको टिप्पणी
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता
प्रदेश संरचना खारेज गर्न ज्ञानेन्द्र शाहीको माग
ज्ञानेन्द्र शाहीको आग्रह : 'भ्रष्टाचारका २२ ठुला काण्ड छानबिन होस'