काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराको पक्षमा बहस गर्न सभामुख कृष्णबहादुर महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुले वकालतनामा पेश गरेका छन् । महराले संसद सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा खेपिरहेका छन् ।
आइतबार हुन लागेको थुनछेक बहसमा महराको पक्षमा बहस गर्न पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा करिब २० जना अधिवक्ताहरुले रुची देखाएका जिल्ला अदालत काठमाडौँ स्रोतले जनाएको छ ।
श्रेष्ठसहित, वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व अध्यक्ष शेर बहादुर केसी तथा वरिष्ठ अधिवक्ताहरु लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता भण्डारी बरालले महराको पक्षबाट वकालत गर्न इच्छा जनाएका छन् ।
त्यसैगरी अधिवक्ताहरु मनिषकुमार श्रेष्ठ, मुरारीप्रसाद सापकोटा, रामकुमार आचार्य, नरेश खड्का, चन्द्र प्रसाद गुरागाई लगायत करिब २० जनाले वकालतनामा सहित रुची देखाएका छन् ।
जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार वकालतनामामा पेश भएको सबै अधिवक्ताले बहस नगर्न पनि सक्छन् भने पछि वकालतनामा थप गरेर बहस गर्न पनि सकिने छ ।
यता वादी नेपाल सरकारको तर्फबाट ४ जनाले बहस गर्नेछन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सह न्यायाधिवक्ता चन्द्रकान्त खनालका अनुसार नेपाल सरकारको तर्फबाट सह न्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ताद्वय उमाकान्त पौडेल र हरिप्रसाद रेग्मी तथा सहायक जिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले बहस गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ कार्तिक २०७६, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ