काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको गञ्जभवानीपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशङ्करप्रसाद कलवारलाई रु ६० हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको छ ।
अभियुक्तले भारतबाट मालसामान ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीबाट घुसस्वरुप उक्त रकम लिइरहेको अवस्थामा आयोगको हेटौँडास्थित कार्यालयका पदाधिकारीले आज कलैया उपमहानगरपालिका–४बाट पक्राउ गरेको हो ।
यसैबीच आयोगले जिल्ला अदालत सिरहाका हलुका सवारीचालक ब्रिजमोहन यादवविरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ । अभियुक्तलाई जिल्ला अदालतमा विचाराधीन लागू औषधसम्बन्धी मुद्दा मिलाइदिने बहानामा रु एक लाख १० हजार घुसबापतको रकम लिइरहेको अवस्थामा वर्दिवासबाट खटिएको आयोगको टोलीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १४ कार्तिक २०७६, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतद्वारा अख्तियारसँग मिसिल झिकाउने आदेश
नागार्जुन नगरपालिकामा अख्तियारको छापा, खरिदसम्बन्धी कागजात बरामद
जेनजीको अख्तियार प्रमुखलाई मेल, राजिनामा नदिए अख्तियार घेर्ने चेतावनी।
अख्तियारमा नापी र मालपोतका उजुरी धेरै
अख्तियारले राष्ट्रपतिसमक्ष पेश गर्यो ३५औं वार्षिक प्रतिवेदन
अख्तियारले भन्यो- चोरी भएका सामान फिर्ता नभए सीसीटीभी फुटेजका आधारमा कारबाही