अमेरिकामा आएको डोरियन नामको आँधीबाट २५ सय व्यक्ति बेपत्ता

एजेन्सी

विहीबार, २६ भदौ २०७६, १८ : २२
अमेरिकामा आएको डोरियन नामको आँधीबाट २५ सय व्यक्ति बेपत्ता

भदौ । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण करिब २ हजार ५०० व्यक्ति बेपत्ता भएको सरकारी समाचार स्रोतले बुधबार जानकारी दिएको छ । 

यस भीषण आँधीको कारण ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । उद्धारकर्ताले जीवितै व्यक्ति उद्धार गर्न सकिने आशा मारेको बताएका छन् । उनीहरुले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरेका छन् । 

गत शुक्रबारसम्म सो आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ४३ पुगेको थियो । थप केही शवहरु भेटिए पछि मृतकको सङ्ख्या ५० पुगेको बुधबार बताइएको छ । 

बहमास द्वीपका नागरिकका लागि डोरियन “इतिहासकै दुःखान्त” भएको प्रधानमन्त्री हुबर्ट मिन्निसले बताउनु भएको थियो । आँधीमा परी उद्धार गरिएका हजारौँ व्यक्ति अमेरिकी पूर्वी तटीय इलाकामा आइपुगेका छन् । (रासस/एपी)

प्रतिक्रिया दिनुहोस