कुलप्रसाद दाहाललाई अध्यक्ष प्रचण्डको अन्तिम श्रद्धाञ्जलि

सफल खबर संवाददाता

बुधबार, २५ भदौ २०७६, १३ : ४०
कुलप्रसाद दाहाललाई अध्यक्ष प्रचण्डको अन्तिम श्रद्धाञ्जलि

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार देवघाटधाममा नेकपा तीन नम्बर प्रदेश अध्यक्ष नारायण दाहालका स्वर्गीय पिता कुलप्रसाद दाहालको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जलि दिनु भएको छ ।

अध्यक्ष प्रचण्डले स्वर्गीय दाहालको पार्थिव शरीरमा माल्यार्पण समेत गर्नु भएको थियो ।

स्वर्गीय दाहाललाई अन्तिम श्रद्धाञ्जलि दिन ठूलो संख्यामा पार्टी नेता तथा कार्यकर्ताको देवघाटमा घुइँचो लागेको थियो ।
९२ बर्षिया कुलप्रसाद दाहालको मंगलबार राति आफ्नै निवासमा निधन भएको थियो ।

नेकपा अध्यक्ष प्रचण्डका ठुलोबुबा समेत रहेको दाहाल चितवनमा कास्कीबाट २०१९ सालमा बसाई सरेर आएका थिए । भने २०३६ सालदेखि भुमिगत रुपमा किसान संगठनका नेताको भुमिका निभाउदै नेपाली कम्यूनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस