आफ्नो ट्वीटलगत्तै सन्दिपले पाए अमेरिकाको भिसा

सफल खबर संवाददाता

मंगलबार, २८ साउन २०७६, १४ : ५६
आफ्नो ट्वीटलगत्तै सन्दिपले पाए अमेरिकाको भिसा

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको हो । क्यारेबियन प्रिमियर लिग खेल्न सन्दिप  अमेरिका जान लागेका हुन् ।

आज विहानमात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै सन्दिपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । 
ट्वीटलगत्तै दूताबासले सन्दिपलाई बोलाएर भिसा दिएको हो ।

प्रतिक्रिया दिनुहोस