रौतहट । तीर्थयात्री चढेका बसलाई ट्रकले ठक्कर दिँदा दुई भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित मंगलपुर जंगलमा रोकिराखेको यात्रुबाहक बसलाई मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा २१ जना घाइते भएको प्रहरीले जनाएको छ। ३ जनाको अवस्था गम्भीर छ।
काठमाडौंबाट जनकपुरतर्फ गईरहेको ना ६ ख ९०३० भारतीय तीर्थयात्री सवार बस गए राति १२ः४५ बजेको समयमा पूर्व पश्चिम राजमागको पौराई जंगलस्थित मंगलपुरमा यात्रुको शौचका लागि रोकेको अवस्थामा सोही दिशातर्फ गइरहेका को.१ ख २६२५ नम्वरको मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।
उक्त बसमा भारतको उडिसा राज्यका ६० जना तीर्थयात्री सवार थिए। ट्रकले ठक्कर दिँदा उडिसा राज्यको उपरा साही नयरखण्डाला मन्दीर जागामारा भुवनेश्वर खोडदाहाका ५२ वर्षीय विजयकुमार जेना र ५४ वर्षीय चरण विशालको घटनास्थलमै ज्यान गएको रौतहटका डिएसपी नविन कार्कीले जानकारी दिए।
उनका अनुसार २१ जना घाइते तीर्थयात्रीमध्ये ५५ बर्षका सर्बेश्वर जेना, ५३ बर्षका शेषादेव जेना र ६३ बर्षका करुणा कर्जुनाको अवस्था गम्भीर रहेको वीरगञ्जस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ जेठ २०७६, १३ : ४४
लेखकबाट थप