चितवन । नेपाली कांग्रेसले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा तथा राष्ट्रियसभाको उम्मेदवारका लागि नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिले आज आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा तथा ११ माघमा हुने राष्ट्रियसभाको चुनावमा उम्मेदवारका लागि नामहरू सिफारिस गरेको हो ।
समितिले केन्द्रीय कार्यालयको परिपत्रविपरीत प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ, जसमा क्रमश: राजेश्वर खनाल, देवेन्द्र गुरुङ, राजन कार्की, जितनारायण श्रेष्ठ, विपेन्द्र रामुदामु, गीताकुमारी गुरुङ, कैलाश कोइराला, भूपतिदास सापकोटा, मिनाकुमारी खरेल र विनोद ढकाल रहेका छन् ।
त्यस्तै, समितिले समानुपतिकका लागि उमेश श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, डिलबहादुर नेपाली, देवकी गौतम, पार्वती शाह ठकुरी, इन्द्रमाया लामा, मिलनबाबु श्रेष्ठ, एलिजा अधिकारी, सुमित्रा अधिकारी, राजकुमार गुरुङ, कमलप्रसाद आचार्य, डोलराज रेग्मी, महेश बानियाँ, सूर्यप्रसाद श्रेष्ठ र भरतप्रसाद लामिछानेलाई सिफारिस गरेको छ ।
राष्ट्रियसभा सदस्यको चुनावका लागि भने चार जनाको नाम सिफारिस भएको छ, जसमा केशवराज कँडेल, शान्ति परियार, लक्ष्मी लामिछाने र प्रऋषिराज पाण्डेको नाम रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ मंसिर २०८२, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्रको आन्तरिक विवाद : देउवा पक्षद्वारा अनुसन्धानात्मक प्रक्रिया रोक्न माग
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
संसद् छलेर अध्यादेश ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित होइन : कांग्रेस