काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले हिजो जेन जेड अगुवाहरूसँग गरेको सम्झौतालाई कलाविहीन नाटकको संज्ञा दिएका छन् । यो नाटकको हिजै पटाक्षेप भएको उनले टिप्पणी गरेका हुन् ।
आज सम्पादकहरूसँग अन्तरक्रियामा बोल्दै ओलीले सरकारसँग यस्तो सम्झौता गर्न म्यान्डेट नै नरहेको बताए ।
उनले भन, ‘हिजोको एउटा कलाविहीन थियो । नाटकको पटाक्षेप कसरी भो त्यो दृश्य पनि सम्झना होला । जति कलाविहीनताका साथ नाटकको पर्दा उठेको थियो, त्यही कलाविहीनताका साथ पटाक्षेप भएको छ । त्यसमा धेर भन्नुपर्छ र ? यो सरकार कुनै त्यस्तो सम्झौता गर्नै सक्दैन । कहाँबाट म्यान्डेट पायो सरकारले ? कसैले भोट हालेर चुनेको सरकार हो ? गोबर लगाएर टाँसेको होइन ? त्यस्तो सरकारले पनि कोको बोलायो, कसलाई कागज थमायो, यो कागज लिएर आऊ भन्यो । रिहर्सलमा सिकाएको बोल्दै जाँदा केटाकेटीले बिगारे । सिकाएको पाठ बिग्रियो । गडबड भयो । त्यहीँ अस्वीकार भयो । उनीहरूले नै च्याते त्यो । हामीले त्यस्ता फजुल कागजहरूलाई कुनै मान्यता दिने भन्ने प्रश्नै हुँदैन । यो कलाविहीन भद्दा नाटक हो ।’
ओलीले वर्तमान सरकार नागपञ्चमीमा गोबर लगाएर टाँसिएको नागजस्तै भएको अर्को टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०८२, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने