काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
उम्मेदवार सिफारिस प्रक्रियाका क्रममा गृहजिल्ला बाजुरामा रहेका पाण्डेले पार्टी बलियो बनाउने अरू जिम्मेवारीमा रहेर नेतृत्व गर्ने भन्दै उम्मेदवार नबन्ने बताएका हुन् ।
पूर्वमन्त्री पाण्डेले आफू उम्मेदवार सिफारिस प्रक्रियामा पनि सहभागी नहुने र चुनाव लड्न अरूलाई मौका दिने बताए । २०७९ को निर्वाचनमा बाजुराबाट एमालेका कर्ण थापालाई पराजित गरेका पाण्डे जेन जेड आन्दोलनबाट अपदस्त भएको केपी ओली नेतृत्वको सरकारमा पर्यटन मन्त्री थिए ।
आफू मन्त्री भएकै बेला देशमा दुःखद घटना भएकाले पनि त्यसप्रति नैतिक जिम्मेवारी लिँदै चुनाव नलड्ने उनले बताएका छन् । पाण्डेले जेन जेड आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढंगले सम्बोधन गर्न नसकिएको अनुभूति रहेको उल्लेख गर्दै, आन्दोलनसँग सम्बन्धित तत्कालीन सरकार-आन्दोलनकारी अन्तर्क्रियामा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रीपरिषद्का सदस्यको नाताले त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ मंसिर २०८२, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौँ : मन्त्री पाण्डे
नागरिक उड्डयन र हवाई सेवा प्राधिकरण विधेयक कुनै संस्था टुक्र्याउन होइन : मन्त्री पाण्डे
२०२५-२०३५ लाई ‘पर्यटन दशक’ मनाइने