काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनरागमन गरेका हितेन्द्रदेव शाक्यले ऊर्जा मन्त्री कुलमान घिसिङलाई आज भेटेका छन् । भेटमा मन्त्री घिसिङले नतिजा देखाउने गरी काम गर्न निर्देशन दिए ।
जल तथा ऊर्जा आयोगमा सरुवा गरिएका शाक्यलाई सर्वोच्चले प्राधिकरणमै पुनर्बहाली गरिदिएको थियो । हिजो पदभार गरेपश्चात् उनी आज मन्त्री भेट्न पुगेका हुन् ।
शाक्यले विगतमा पनि प्राधिकरणमा आफूहरूले सहकार्य गरेको सम्झिँदै आगामी दिनमा पनि मन्त्रीको दिशा निर्देशअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०८२, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत् माग्दै ऊर्जा मन्त्री घिसिङलाई दियालो उपहार
‘विद्युत् बक्यौता असुली प्रक्रिया नयाँ चरणमा प्रवेश’ : ऊर्जा मन्त्री घिसिङ
ऊर्जा मन्त्री घिसिङ र भारतीय समकक्षीबीच भेट
जेन जेड आन्दोलनमा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जा मन्त्री घिसिङ र गृहमन्त्री अर्याल सहभागी