काग्रेसको अभियानमा गुटकै प्रभाब

केन्द्रबाट खटिएका केन्द्रीय प्रतिनिधीले नै जिल्लामा थाले गुटबन्दी

सफल खबर संवाददाता

आइतबार, १२ जेठ २०७६, ०८ : ५२
काग्रेसको अभियानमा गुटकै प्रभाब

काठमाडौं । सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणको योजनासहित ७७ वटै जिल्लामा जागरण अभियान शुरु गरेको प्रतिपक्षी काग्रेसको अभियानमा गुटगत राजनीति हावी हुन थालेको छ ।

तीन चरणमा गरी पुस १६ को राष्टिय मेलमिलाप दिवससम्मलाई अभियान सञ्चालन गरेको काग्रेसको अभियान अहिले दुई सातामा चलिरहेको छ । पार्टीभित्र आगामी महाधिवशेन लक्षित नेताहरुका छदम लडाई पनि शुरु भएको छ ।

काग्रेसमा देखिने गरी नै सभापति शेरवहादुर देउवा, कोइराला परिवार, बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलाका आ आफनै गुट छन् । पौडेल र कोइराला परिवारको मुल गुट एउटै भएपनि पौडेल र कोइराला परिवारका वीचमा आ –आफ्नै समुह अस्तित्वमा छन् ।

जागरण अभियानका क्रममा यिनै गुटहरु आ आफनो अस्तित्व देखाउन सक्रिय वनरिहेका छन् । संगठन सुढीढकरण र सरकारका विरुद्ध खवरदारी भने पनि सार्वजनकि मञ्च पाउने वित्तिकै काग्रेस नेताहरु अहिले आफनै नेताहरुका विरुद्द आरोप प्रत्यारोपमा उत्रिन थालेका छन् ।

अभियानकै सुरुको दिन अर्थात् वैशाख २५ मा सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा दुई गुटबीच भाषणका क्रममा आरोप–प्रत्यारोप चलेको थियो ।  त्यसपछि विवाद उत्पन्न हुँदा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच हात हालाहालसम्मको अवस्था समेत भएको थियो । घटनामा केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका थिए ।

बिवाद भएपछि केन्द्रीय प्रतिनिधिका रूपमा सिन्धुपाल्चोक खटिएका केन्द्रीय सदस्य अम्बिका बस्नेतले विवाद साम्य बनाउने गरेको प्रयास असफल भएपछि कार्यकर्ता कुटपिटमा समेत उत्रिए ।

पार्टीमा गुट समाप्ति गर्दै सुदृढीकरण गराउने ‘म्याण्डेट’ लिएर आएका प्रतिनिधि बस्नेत समस्या बोकेरै राजधानी फर्कन बाध्य भए । सिन्धुपाल्चोकलगायत केही जिल्लामा अभियान थालनीकै दिन गुट–उपगुटको विवाद बढेपछि त्यसको भोलिपल्टै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै त्यसको बचाउ गर्दै लेखे, ‘कार्यक्रमको स्वरूपबारे कतिपय जिल्लामा साथीबीच, केही ठाउँमा सञ्चारकर्मी एवं सामाजिक सञ्जाल प्रयोगकर्तामाझ पनि देखिएका केही अस्पष्टता हामी क्रमशः प्रष्ट्याउँदै जानेछौं,’ शर्माले भनेका थिए ।

खासगरी केन्द्रबाटै प्रतिनिधी वनेर गएका नेताहरुले सम्वन्धित जिल्लामा आफु निकट नेताहरुलाई काखी च्याप्दै गुटवन्दी गरेको गुनासो केन्द्रीय कार्यालयमा आउन थालेको छ । तर त्यसरी आएका गुनासोमा केन्द्रीय कार्यालयले खास चासो नदिएको कतिपय नेताहरुले वताएका छन् ।

‘गुटबन्दी अन्त्य गर्ने भनेर उहाँहरूले भन्दै आउनु भएको कुरा नै हास्यास्पद लाग्छ । केन्द्रमै गुटबन्दी छ, अनि जिल्लामा आएर सम्म गुटवन्दीकै आधारमा कार्यक्रम सेटिङ भईरहेका छन्, त्यो नसुध्रिएसम्म फिल्ड तहमा सुध्रिने कल्पना गर्नै सकिन्न,’ काग्रेस केन्द्रीय प्रशिक्षण विभागका पूर्वसदस्य इन्द्रनारायण भैलले वताए ।

प्रतिक्रिया दिनुहोस