कार्यविभाजनमा नेताहरुलाई आपसमै लडाउने ओलीको रणनीति

संगठन, स्कुलिङ र अन्तराष्टिय विभागमा सचिवालय सदस्यहरुकै रस्साकस्सी

सफल खबर संवाददाता

आइतबार, १२ जेठ २०७६, ०७ : ५०
कार्यविभाजनमा नेताहरुलाई आपसमै लडाउने ओलीको रणनीति

काठमाडौं । आफुविरुद्द सचिवालयभित्रकै सदस्यहरुको मोर्चावन्दी देख्न थालेका प्रधानमन्त्री केपी ओलीले पार्टी नेताहरुको कार्यविभाजनमा नयाँ रणनीति अख्तियार गर्न थालेका छन् । पोलिटब्यूरो र कार्यविभाजनको आन्तरिक गृहकार्यमा रहेका अध्यक्षद्दयको छलफलमा ओलीले सचिवालय सदस्यहरुका वीचमा बन्दै गरेको समिकरण भत्काउने रणनीति अनुसार कार्यविभाजन प्रस्ताव अगाडी सारेको सूत्रले बताएको छ ।

अध्यक्ष प्रचण्ड भने सबै नेताहरुलाई उत्तिकै जिम्मेवारी दिएर कामको वाँडफाँडको पक्षमा देखिएपनि प्रधानमन्त्री ओली एक आपसमा लडाउने र आफु विरुद्ध नेताहरुका वीचमा हुन थालेको गठवन्धन भत्काउने योजना अनुसार कार्यविभाजन प्रस्ताव टुग्याउने पक्षमा देखिएका छन् ।

अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले केन्द्य्रीय सदस्यहरुसम्मको कार्यविभाजनका लागि ४८ पृष्ठ लामो प्रस्ताव तयार पारेका छन् । त्यस्तो प्रस्ताव टुंग्गिनहालेपनि प्रधानमन्त्री ओलीले एक अर्काकै वीचमा अन्तरविरोध पैदा गराउने गरी कार्यविभाजन प्रस्ताव अगाडी सार्न खोजेको सुत्र वताउँछ ।

खासगरी सचिवालयका सदस्यहरुले नै जिम्मा लिन खोजेको संगठन विभाग, अन्तराष्टिय विभाग, स्कुलिङ विभागमा नेताहरुका वीचमा अन्तरविराधे पैदा गराउन ओलीले खोजेका छन् ।

संगठन विभागमा सवैभन्दा वढी रस्साकस्सी देखिएको छ । अध्यक्ष प्रचण्डले सवै नेताहरुलाई जिम्मेवारी दिने गरी अहिले फूर्सदिला वनेका नेता वामदेव गौतमलाई संगठन विभाग प्रमुखको जिम्मा दिन खोजेका थिए । गत स्थायी समिति बैठकमा ओलीका विरुद्ध मोर्चा नै खोलेका गौतमलाई संगठन विभागको जिम्मा दिने योजनामा ओली छैनन । अध्यक्ष दाहालले गौतमको नाम अगाडी सारेपछि भने ओलीले तत्कालिन माओवादीभित्र खेल्नका लागि गृहमन्त्री समेत रहेका रामवहादुर थापा बादललाई अगाडी सारेको बुझिएको छ ।

नेकपामा नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ४ जना विगत केही महिनायता सँगै सागै देखिन्छन् । प्रधानमन्त्री ओली, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल अर्कातिर देखिएका छन् ।

अध्यक्ष दाहाल सकभर पार्टीभित्र देखा पर्न थालेको समिकरणको पक्षमा देखिदैनन । वादल कतै खुलिसकेका छैनन । तर उनलाई बेलाबखत प्रधानमन्त्री ओलीले आफुविरुद्ध बन्न खोजेको समिकरण भत्काउने कार्डका रुपमा प्रयोग गर्न खोजेको देखिन्छ ।

प्रधानमन्त्री ओलीले संगठन विभागमा आफनोन ाम प्रस्ताव गरेपछि अप्ठायारोमा परेका बादल स्वंमले भने पार्टी महासचिवले नै संगठन विभागको जिम्मेवारी लिएर चलाउँदा उपयुक्त हुने मत प्रधानमन्त्रीसँग राखेको बुझिएको छ ।

संगठन विभागमा ओली क्याम्पकै महासचिव पौडेल र नेता इश्वर पोखरेलले पनि चासो देखाएका छन् । तर ओली आफ्नै खेमाका भएपनि दुवै नेतालाई दिने पक्षमा देखिदैनन । वादललाई अहिले वनिरहेको समिकरणमा जान नदिन र आफनो खेमामा राखेर प्रचण्डमाथी प्रहार गर्न ओलीले संगठन विभाग प्रमुख बनाउने प्रस्ताव राखेको स्रोतको दावी छ ।

त्यस्तै, अन्तराष्टिय विभागमा पनि ओलीले नेताहरु नारायणकाजी श्रेष्ठ र माधव नेपाललाई भिडाउन खोजेका छन् । यी दुवै नेता उक्त विभागका आकाक्षी छन् । तर आपसी समझदारीमा नेपाल अन्तराष्टिय विभाग र श्रेष्ठले पार्टी प्रचार विभागको जिम्मा लिने देखिएको छ । तर प्रधानमन्त्री ओलीले यसमा पनि दुवै नेताहरुलाई विभागमा को उपयुक्त हुन्छ भनी वहस चलाईदिएर अन्तरविरोध पैदा गर्न खोजेको स्रोत वताउँछ ।

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई आफनो पकडमा ल्याउन अनेक उपायको खोजी समेत शुरु गरेका छन् । त्यसका लागि उनले नेपालका कारण पार्टीमा वरिष्ठ नेतामा मर्यादा क्रम मिलाउन नसकेको, आफुले स्कुलिङ विभागको जिम्मेवारी दिन खोजेको जस्ता सन्दशे उनले खनाल समक्ष पु¥याईरहेका छन् । स्कुलिङमा संगठन विभागको जिम्मा नपाए इश्वर पोखरेलले पनि चासो देखाईरहेका छन् ।

आर्थिक विभागमा विष्णु पौडेल, कृर्षि विभागमा वामदेव गौतमलाई जिम्मा दिने विषयमा पनि नेकपाभित्र छलफल छ । तर नेताहरुको समिकरण भत्काउने, जुटाउने विषय कार्यविभाजनसँग जोडेर प्रधानमन्त्री ओलीले चलखेल थाल्दा कार्यविभाजन लम्विरहेको छ । जेठ १८ पछि वस्ने नेकपा सचिवालय वैठकले यस विषयमा अव निर्णय लिनेछ ।

पोलिटब्यूरो तत्कालै नबन्ने
नेकपाले पार्टी पोलिटब्यूरो भने तत्कालै नवनाउने संक्ेत गरेको छ । पार्टी केन्द्रीय समिति वैठक समेत एकता यता एकपटक समेत वस्न नसकेको अवस्थामा पोलिटब्यूरो गठनले मात्र केही नहुने भन्दै पोलिटब्यूरो नवनाउने तिर अध्यक्षद्दय लागेको स्रोत बताउँछ ।

स्थायी समिति समेत ६ महिनामा एक पटक वस्न मुश्किल भईरहेका वेला पोलिटब्यूरो गठन गरेर नेताहरुका वीचमा झन अन्तरविरोध र असन्तुष्टि नचुलाउने पक्षमा अध्यक्षद्दय पुगेको स्रोत बताउँछ ।

‘सायद अव पोलिटब्यूरो नवन्ने तिर अध्यक्षद्दयको छलफल केन्द्रीत छ , अव वन्दैन होला, नेताहरुको कार्यविभाजन मात्र हुन्छ,’–वालुवाटार स्रोतले सफलखवरलाई बतायो ।

पोलिटब्यूरो गठन हुदा १४७ जनाको वन्नेछ । त्यसमा तत्कालिन एमालेका ८१ र माओवादीका ६६ नेता सहभागी गराउने गरी नेताहरुले आपसी भागवन्डा  लगाएका थिए । तर दुवै तर्फ पोलिटब्यूरो चयनमा सकस देखिएपछि र आकाक्षी वढी देखिएपछि अध्यक्षदय ततकाल पोलिटब्यूरो गठन थाती राख्ने निश्र्कषतिर केन्द्रीत हुन थालेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस