गोपालमान श्रेष्ठ विरुद्ध कांग्रेसमा उजुरी

सफल खबर संवाददाता

आइतबार, २९ बैशाख २०७६, ०७ : ०३
गोपालमान श्रेष्ठ विरुद्ध कांग्रेसमा उजुरी

काठमाडौं । नेपाली काग्रेसमा आफ्नै पार्टी नेताविरुद्ध अनेकथरी उजुरी पर्नेक्रम रोकिएको छैन । गत वर्षको चुनावमा अन्र्तघात गरेको र पार्टीलाई हराएको भन्दै उजुरी पर्ने क्रम काग्रेसमा अझै रोकिएको छैन ।

काग्रेसले पार्टी अनुशासन विरुद्दका गतविधि नियन्त्रण गर्न र दोषीमाथी कारवाही गर्न अनुशासन समिति बनाएको छ । काग्रेसमा देखिएको गुटगत भागवन्डाका आधारमा बनेको अनुशासन समितिले त्यस्ता उजुरीको छानविन गरी कारवाही गर्ने हैसियत राख्छ÷राख्दैन ठेगान छैन । तर उजुरी भने पर्ने क्रम जारी रहेको अनुशासन समितिकै एक सदस्य वताउँछन् ।

अनुशासन समितिमा पार्टी नेता गोपालमान श्रेष्ठ विरुद्ध नै अहिले उजुरी परेको छ । श्रेष्ठका कारण स्याङ्गजा कांग्रेस कमजोर वनेको गम्भिर आरोप लगाउँदै स्याङ्गजाकै कांग्रेस नेता एवं महासमिति सदस्य भोजराज अर्यालले उजुरी दर्ता गराएका छन् ।

श्रेष्ठले गतबर्ष सम्पन्न स्थानिय, प्रदेश र संघीय चुनावको टिकट वितरणमो आफ्नै कार्यकर्तामाझ लिलाम बढाबढमा टिकट बिक्रीवितरण गरेको तथा आफ्नो गुटइतरका कांग्रेस उम्मेदवारहरुलाई हराउन शसक्र भूमिका निर्वाह गरेको गम्भिर आरोप उनले लगाएका छन् ।

श्रेष्ठ पार्टी सभापति देउवा निकटका नेता हुन् । उनले विगतमा पार्टी विभाजनका बेलाका काग्रेस प्रजातान्त्रिकमा रहेका नेता कार्यकर्तालाई मात्रै आफ्नो ठान्ने र अन्य नेता कार्यकर्तालाई भने भूमिका विहिन वनाउने देखि अवसरका सवै क्षेत्रमा रोक लगाउने सम्मका काम गरेको आरोप लागेको छ ।

श्रेष्ठले गरेका पार्टी हित विपरितका गतिविधिको पृष्ठभुमिसहितको चार बुँदे आरोप  अर्यालले लगाएका छन् ।  गत प्रदेशसभा चुनावका बेला स्याङ्जा क्षेत्र न. २ (क) बाट उम्मेदवारको टिकट दिन आफुलाई घरमै बोलाई टिकट मिलाईदिए वापत कति पैसा दिन सक्नुहुन्छ भनि सोध्दा आफुले एक पैसा पनि दिन सक्दिन भन्ने जवाफ फर्काएपछि पैसा नदिने भए टिकट पनि दिन सक्दिन भन्द्यै टिकट नदिएको आरोप पनि अर्यालले श्रेष्ठ माथी लगाएका छन् । पछि सो क्षेत्रको टिकट मोटो रकम असुलेर संगठनमा खासै योगदान नभएका उनी निकटलाई बिक्री गरेको दावी अर्यालको छ ।

यस्तो छ् गोपालमान विरुद्धको उजुरी


२०४८ सालको पहिलो आमनिर्वाचनमा स्याङ्जाका ४ वटै क्षेत्रबाट नेपाली कांग्रेस विजयी भएको थियो । जसको श्रेय सो बेलासम्म कांग्रेसलाई डो¥याउने अग्रजहरुलाई जान्छ । तर, ०५१ सालको मध्यावधी निर्वाचनमा कांग्रेसभित्र भाइरस पसिसकेको थियो । महामानव बीपी कोइरालाले भनेजस्तै कांग्रेस सत्तामा पुगेपछि सुकिलामुकिलाहरुको पार्टीमा हावी हुन थालेको र चरम
अनुशासनहिनताले गर्दा स्याङ्जाले आफ्नो पुरानो बिरासत जोगाउन सकेन । ०४८ सालको निर्वाचनमा स्याङ्जाबाट नै अत्याधिक बहुमतले निर्वाचित भएर गएका गोपालमान श्रेष्ठकै कारण कांग्रेसमा अनुशासनहिनता, भ्रष्टाचार र गुटबन्दी शुरु भयो, जसको असर स्याङ्जा कांग्रेसमा पनि प¥र्यो । त्यसले कांग्रेसको संगठन अधोगतितर्फ उन्मुख भयो । पार्टीभित्र बढेको गुटबन्दीले पुराना नेता कार्यकर्तालाई वेवास्ता गर्ने परिपाटी र पैसा लिएर टिकट बाँड्ने पद्धतिको विकाससँगै आफ्नो गुट इतरको उम्मेद्धवारलाई हराउन अर्कै पार्टीको उम्मेद्धवारलाई भोट हाल्न लगाउने प्रबृत्तिले गतवर्ष सम्पन्न स्थानिय, प्रदेश र केन्द्रको चुनावमा स्याङ्जा कांग्रेसले दर्दनाक हार व्यहोरेको हो ।

स्याङ्जाका ११ वटा स्थनिय निकायमा तीनवटा, ६ वटा प्रदेश सभामा १ र संघीय संसदमा शुन्य विजयले कांग्रेसका तमाम कार्यकर्तालाई लज्जित बनाएको छ । यसको मुल कारण पार्टी विभाजनका बेला नेपाली कांग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापति तथा निरन्तर आफ्नै हैकमबाट जिल्लाको संगठन चलाउन खोज्ने वर्तमान केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ  नै हुन ।

श्रेष्ठले पार्टी विभाजनका बेला प्रजातान्त्रिकमा आबद्ध कार्यकर्ताबाहेक अरुलाई कांग्रेस नै नठान्ने प्रवृत्ति देखाइरहेका छन् । आफ्नो गुटमा नआउने र उनलाई जी हजुरी नगर्ने जति सबैलाई संगठनबाट किनारा लगाउन पैसाको चलखेल गर्ने र पार्टीलाई आफ्नो मुठ्ठीको माखो बनाउने हदैसम्मको घिनलाग्दो कार्य गर्दै आएकोले उनलाई अनुशासनहिनताको कठोर कारवाही गर्नुपर्ने देखिन्छ ।

यतिमात्रै होइन श्रेष्ठले तत्कालिन पार्टी सभापति कमल पंगेनीलाई स्याङ्जाकै प्रदेश सभाको क्षेत्र नं. १ (ख) बाट हराउनसमेत आफ्ना गुटका कार्यकर्ता परिचालन गरेका थिए ।

केन्द्रमा आफ्नो पहुँच र हैकम विस्तार गरी स्याङ्जाको टिकट आफ्नै पोल्टाबाट बाँड्ने र केन्द्रीय नेतृत्वले त्यसमा आँखा चिम्लिँदा स्याङ्जा कांगे्रस दिन प्रतिदिन कमजोर हुँदै गएकोले गोपालमानबाट स्याङ्जा कांग्रेसलाई राहत दिन र मुक्त गर्न माग गर्दछु ।


उजुरी दिने अर्याल को हुन् ?
श्रेष्ठ विरुद्ध पार्टी अनुशासन समितिमा उजुरी दिने नेता भोजराज अर्याल तत्कालिन पञ्चायतविरुद्धको आन्दोलनमा धेरैपटक जेलनेल खाएका व्यक्ति हुन् । २०२७ सालमा नेपाल विद्यार्थी संघ स्थापना गर्न महत्वपूर्ण भुमिका खेलेर नेपाली राजनीतिमा प्रवेश गरेका अर्याल २०३१ सालबाट नेपाली कांग्रेसको क्रियाशिल सदस्य हुन् ।

०३१ सालबाटै पार्टीको प्रारम्भिक समितिमा रहेर काम शुरु गरेका अर्याल २०३६ सालको विद्यार्थी आन्दोलनका कमाण्डर समेत हुन् । अर्यालले २०३७ सालको जनमत संग्रहमा ७ नम्वर इलाकाको संयोजक भएर काम गरेका थिए । दुवै आन्दोलनका क्रममा अर्याललाई तत्कालिन पञ्चायती सरकारले गिरफ्तार गरी कास्की कारागार पु¥याएको थियो । सो क्रममा उनलाई हातका औलामा पीन ठोक्ने र टाउकामा लाठी बजार्ने काम पनि भएको थियो ।

०३६ सालको आन्दोलनमा अर्यालको टाउकाको मुल्य समेत तोकिएको थियो । उनको टाउको ल्याउने व्यक्तिलाई तत्कालिन बेला ५० हजार रुपैयाँ पुरस्कारसमेत तोकिएको थियो । २०४२ सालको सत्याग्रहको आन्दोलनमा रुपन्देहीको सालझण्डीबाट गिरफ्तारीमा परेका अर्याल एकबर्षसम्म जेल वसेका थिए ।

ठुलो पदको लाभमा नपुगेका अर्यालले २०४९ सालमा वालिङ गाविसको अध्यक्ष र ०५४ सालमा वालिङ नगर प्रमुखमा विजयी भएका थिए । २०७० को संविधान सभाको निर्वाचनमा क्षेत्र नम्वर २ बाट एक नम्बरमा कार्यकर्ताले सिफारिस गर्दा पनि उनले टिकट पाएनन् । २०७४ को निर्वाचनमा प्रदेश सांसदमा भने पैसाकै कारण टिकट नपाएको अर्याल वताउँछन् ।

प्रतिक्रिया दिनुहोस