प्रधानमन्त्री किन बोल्छन् चोथाले बोली ?

नेकपाकै नेता भन्छन्, – ‘प्रधानमन्त्रीलाई उत्तेजना, रिस र आक्रोशमा आउने इजाजत नै हुँदैन’

सफल खबर संवाददाता

शुक्रबार, २७ बैशाख २०७६, ०९ : ०९
प्रधानमन्त्री किन बोल्छन् चोथाले बोली ?

काठमाडौं । रोचक र ताजुकलाग्दा उखान टुक्का निकालेर बोल्नु र कार्यक्रममा रौनक थप्नु प्रधानमन्त्री केपी ओलीका पहिले देखिकै बानी हुन् ।

विपक्षीहरुमाथी तिखो भाषण गरेर कटाक्ष गर्ने शैली उनको पदमा रहँदा होस या नहोस जारी नै देखिन्छ । प्रधानमन्त्रीले प्रयोग गर्ने भाषा, शैली र प्रस्तुतीलाई लिएर पछिल्ला दिनमा भने विवाद वढन थालेको छ । प्रधानमन्त्रीको पदीय मर्यादामा रहेका ब्यक्तिले के वोल्ने, के नवोल्ने सम्म पनि वेला –वेला प्रधानमन्त्रीलाई हेक्का हुँदैन ।

उनी आफै सवै विषयका जानकार र व्रम्हज्ञानी जस्तो वनेर अभिब्यक्ति दिईरहेका हुन्छन्  । प्रधानमन्त्रीले गत मंगलवार मात्रै संसदमा प्रतिपक्षी कांग्रेसका संसदहरुले सरकारको नीति तथा कार्यक्रम माथी उठाएका प्रश्नमा ‘निम्छरो’ शब्द प्रयोग गरेपछि विवाद नै वढ्यो । प्रतिपक्षी काग्रेसले आपत्ति नै जनायो,  प्रधानमन्त्री ओलीको उक्त अभिब्यक्ति संसदको रेकर्डवाट हटाउनु पर्ने माग गदै संसदमा विरोध जनाईरह्यो ।

अहिले पनि प्रधानमन्त्रीको उक्त अभिब्यक्ति सही की बेठिक राजनीतिमा वहस चलिरहेको छ ।

प्रधानमन्त्रीले २०७४ फागुन ३ वाट सरकारको नेतृत्व लिएयता विपक्षी काग्रेसलाई कडा कटाक्ष गदै आएका छन् । पार्टीभित्रै उनको कार्यशैलीगत आलोचना गर्ने नेताहरुसम्मलाइृ उनले कटाक्ष गर्न छोडेका छैनन ।

राजनीतिमा कहिलेकाही चर्काचर्की हुन्छ, आश्र्चयजनक करा होइन । स्वभाविक नै हुन्छन्, त्यस्ता कुरा । तर प्रधानमन्त्रीको हैसियतमा रहँदा के कति वोल्ने भन्नेमा भने पदीय मर्यादाको ख्याल गर्नुपर्ने उनकै पार्टीका नेता हरुले पनि वताउन थालेका छन् ।

नेकपामा अहिले ओली प्रतिपक्षी तथा आफुसँग असहमत पक्षसँग असहिष्णु वन्दै जान थालेको देखिएको छ । कहिले पार्टीभित्रका नेता कार्यकर्तालाई नै अरिंगाल जस्तै भएर आक्रमणमा उत्रन निर्देशन दिन्छन, त किहले एजेण्डै नभएपछि काग्रेस वहुलठठी नन्दीभिङग्री वन्दै जान थालेको भनी कडा शब्दमा आलोचनामा उत्रेका छन् ।

प्रधानमन्त्रीले मर्यादमा बसेर अभिब्यक्ति दिनुपर्ने नेकपाकै वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल बताँउछन् ।  किन प्रधानमन्त्री कडा वोल्नुहुन्छ ? पूर्व प्रधानमन्त्री खनाल भन्छन्,–‘प्रधानमन्त्रीको हैसियतमा वसेका कुनै पनि ब्यक्तिले अत्यन्त परिष्कृत, परिमार्जित, शालिन र सभ्य भाषामा वोल्नुपर्छ । पोजेटिभ वोल्नुपर्छ ।’

प्रधानमन्त्री सिंगो देशको कार्यकारी प्रमुख हो । सैदान्तिक, वैचारिक उतारचढाव प्रधानमन्त्रीमा हुनछ । दवाव पनि हुन्छ ।

तर जतिसुकै ठूलो दवाव भएपनि त्यसको शालितनापूर्वक् सामना गर्ने काम प्रधानमन्त्रीले गर्नुपर्ने नेता खनाल वताउँछन् ।

‘राष्टपति, प्रधनमन्त्री यस्तो पद हो, जाँहावाट वोलिने भाषा शालिन हुनुपर्ने हो ।’ खनालले भने,–‘ विवादमा आउनु हुन्न पदमा वसेकाहरु । उत्तेजनामा आउनु हुदैन । रिस आक्रोशमा आउने इजाजत नै हुदैन ।’

प्रतिक्रिया दिनुहोस