काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागु औषधलाई सामाजिक चुनौतीका पमा लिँदै सरकारले ‘लागुऔषधको अन्त्यको सुरुआत गर्ने अभियान’ सञ्चालन गर्ने नीति लिएको बताएका छन् ।
अन्तर्राष्ट्रिय लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको दिवसका अवसरमा आज सन्देश जारी गर्दै उनले लागुऔषधको ओसारपसार र दुरुपयोगसम्बन्धी आपराधिक जालो भत्काउन सबै संरचना परिचालन गरिने बताए । “अन्तर(निकाय समन्वय बढाइनेछ र कानुनी सुधारका काम निरन्तर हुनेछन्”, गृहमन्त्रीले भने ।
लागुऔषधको ओसारपसार र दुरुपयोग केवल सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, आर्थिक नोक्सानी र जनस्वास्थ्यलाई कमजोर बनाउने एक जटिल तथा सीमा वारपार हुने सङ्गठित अपराध पनि भएकाले यसको न्यूनीकरणका लागि सबैको सहकार्य र समन्वय आवश्यक पर्ने गृहमन्त्री गुरुले बताए ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लागुऔषध अनुसन्धान र नियन्त्रणतर्फ वार्षिक औसत चार हजार मुद्दा दर्ता र आठ हजारको हाराहारीमा अभियुक्त पक्राउ पर्ने गरेका तथ्यांक प्रस्तुत गरे । चालु आवको हालसम्म पाँच हजार ४७ लागुऔषध मुद्दा दर्ता भएका र सोसम्बन्धी कसुरमा सात हजार ७२५ नेपाली, भारतीय ३२८ र अन्य १५ गरी आठ हजार ६८ जना पक्राउ गरिएको उनले जानकारी दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लागुऔषध राष्ट्रिय सुरक्षा, सामाजिक स्थायित्व, आर्थिक समृद्धि तथा भावी पुस्ताको भविष्यसँग जोडिएको बहु आयामिक चुनौतीका पमा खडा भएको बताए । “सीमापार अवैध ओसारपसार, सङ्गठित आपराधिक समूहको संलग्नता तथा आधुनिक प्रविधिको दुरुपयोगले सो समस्यालाई थप जटिल बनाउँदै लगेको छ । लागुऔषध नियन्त्रण तथा सीमापार ओसारपसार रोकथाममा सशस्त्र प्रहरी निरन्तर क्रियाशील छ”, उनले भने ।
लागूपदार्थ प्रयोगकर्ता सर्वेक्षणअनुसार सन् २००६ मा नेपालमा प्रयोगकर्ता ४६ हजार ३०९ रहेकामा सन् २०२४ सम्म आइपुग्दा यो सङ्ख्या करिब एक लाख ५६ हजार पुगेको अनुमान गरिएको छ । कार्यक्रममा लागुऔषध दुर्व्यसनीलाई समाजमा पुन:स्थापना गराउन भूमिका निर्वाह गर्ने विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो । सो अवसरमा गृह मन्त्रालयले प्रकाशन गरेको ‘सुरक्षित जीवन’ जर्नल विमोचन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असार २०८३, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा गृहमन्त्री गुरुङद्वारा मतदान
‘विपद् व्यवस्थापनमा कानुन बाधक’ : गृहमन्त्री गुरुङ
राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै शपथ
प्रधानमन्त्रीलाई भेट्न पुगे गृहमन्त्री गुरुङ
रवि लामिछानेलाई भेट्न पुगे गृहमन्त्री गुरुङ