काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नेपालमा तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाएको घटनाप्रति सरकारको जवाफ मागेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रमेश हमालले यो घटनालाई सामान्य रूपमा लिन नहुने बताए।
उनले भने, ‘दलाई लामाको ८९ औँ जन्मोत्सव नागार्जुन नगरपालिकाको कुनै एउटा विद्यालयमा त्यहाँ सम्पन्न गरियो भन्ने न्युजहरू बाहिर आएका छन्। त्यसमा विदेशी कूटनीतिज्ञहरू पनि संलग्न हुनुभयो भन्ने कुरा आएको छ। नेपाल सरकारको यसमा धारणा के हो?’
उनले एउटा जिम्मेवार सरकारले यस बारेमा बोल्नुपर्छ कि पर्दैन? भन्दै प्रश्न गरे।
उनले थपे, ‘हामी एक चीन नीतिबाट विचलित भएका हौँ? के हामीले असंलग्न परराष्ट्र नीतिलाई अब बिस्तारै त्यहाँबाट डिपार्चर गर्न खोजेका हौँ? प्रश्न गम्भीर छ। यो सरकारको सुरुवात हुँदा शुभकामना दिने, त्योभन्दा अगाडि यहाँ आन्दोलनमा सरिक भएका टीओबीसँग त यो जोडिएको छैन?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असार २०८३, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई जिम्मेवार बनाउन रास्वपाले हस्तक्षेप गरोस् : नेकपा
नेता–कार्यकर्ताका लागि नेकपाको नयाँ आचारसंहिता, भ्रष्टाचारदेखि अश्लील भाषासम्म निषेध
रास्वपाको दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको छ : नेकपा
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिमा सभामुख मौन रहेको भन्दै नेकपाले जनायो असन्तुष्टि
प्रधानमन्त्रीले सदनमा आएर गल्ती नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी