सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लागेको शिक्षामन्त्री पोखरेलको दाबी

सफल खबर संवाददाता

विहीबार, २५ असार २०८३, १५ : ३६
सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लागेको शिक्षामन्त्री पोखरेलको दाबी

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर निरन्तर लागि परेको दाबी गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त दाबी गरेका हुन् । नेपाल सरकारको प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले सरकारले शासकीय सुधारको प्रयासलाई थप संस्थागत, परिष्कृत र परिणाममुखी बनाउँदै अघि बढाएको जिकिर समेत गरेका छन् ।

सरकारले सय दिन भित्रै भ्रष्टाचारमा शुन्यसहनशीलता, मितव्ययिता, योग्यताको आधारमा नियुक्ति र डिजिटल सेवा प्रवाहमा ठोस परिणाम देखिने गरी काम गरेको मन्त्री पोखरेलको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस