काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा सभामुख अर्यालले सफलतापूर्वक सम्पन्न संसदीय निर्वाचनपछि नेपाल राजनीतिक यात्राको नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै वर्तमान सरकार स्थिरता, रूपान्तरण, पारदर्शिता, सुशासन तथा संस्थागत सुधारप्रति प्रतिबद्ध रहेको बताएको सभामुखको सचिवालयले जनाएको छ ।
उनले जनताको सुशासन र तीव्र आर्थिक विकासप्रतिको अपेक्षाअनुरूप कानुन निर्माण, प्रभावकारी कार्यकारी निगरानी, रचनात्मक संसदीय बहस तथा लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणमा प्रतिनिधिसभा दृढतापूर्वक लागिरहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ जेठ २०८३, २० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छ’ : सभामुख अर्याल
सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्यको लक्ष्य हाम्रै पालामा पूरा गर्नुपर्छ: सभामुख अर्याल
जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्न सभामुख अर्यालको आग्रह
सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच भेट
आकस्मिक समयलाई थप व्यवस्थित बनाइने सभामुखको प्रतिबद्धता
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी