काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार गलत दिशामा गएमा वा कार्यसम्पादनमा ढिलाइ भएमा घण्टी बजाएर सचेत गराउन सरोकारवालालाई आग्रह गरेका हुन्। सभामुख अर्यालले कानुन निर्माण प्रक्रियामा रचनात्मक सुझाव दिन र सरकारका कमजोरीप्रति समयमै सजग गराउन पनि जोड दिए।
मुलुकमा सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य वर्तमान पुस्ताले नै पूरा गर्नुपर्ने उल्लेख गर्दै उनले भने, “हामीले हाम्रै पालामा मुलुकलाई समृद्ध बनाउनुपर्छ, भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्छ र हाम्रा सन्ततिलाई सुदृढ नेतृत्व सुम्पिनुपर्छ ।”
निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै सभामुख अर्यालले वैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेश फर्काउने अवस्थाको निर्माण गर्नुपर्ने र नेपाललाई लगानीका लागि उपयुक्त राष्ट्रका रूपमा विकास गर्नुपर्ने बताए । उनले नेपालका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूलाई विश्वसामु प्रभावकारी रूपमा प्रवर्द्धन गर्नुपर्ने बताउँदै लुम्बिनी, सगरमाथा, पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर तथा पाथीभराजस्ता गन्तव्यहरूले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख केन्द्र बनाउन सक्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ जेठ २०८३, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमुखी विकास र सुशासनलाई प्राथमिकतामा राख्न सभामुख अर्यालको आग्रह
सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच भेट
आकस्मिक समयलाई थप व्यवस्थित बनाइने सभामुखको प्रतिबद्धता
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
तीनै अंगबीच समन्वय भए विकासमा तीव्र प्रगति सम्भव’ : सभामुख अर्याल