काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले युवापुस्तालाई अगामी हुने चुनावको तयारीमा लाग्न आह्वान गरेका छन् ।
मन्त्री पुनले सोमबार सिंहदरवारमा बसेको सर्वपक्षीय बैठकमा राजनीतिक दल, नागरिक समाज, नेपाल सरकार र निर्वाचन आयोगबीच करिब ६ घण्टा लामो छलफल भए पनि विदेशमा बस्ने नेपालीलाई भोट दिन सक्ने व्यवस्थाको प्रस्तावमा सहमति नजुटेको बताए। अबको नेतृत्व युवापुस्ताले नै सम्हाल्नुपर्ने बताएका हुन् ।
मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन् ‘कुनै पनि समस्याको निकासको लागि सिर्जनशील र ठोस राय दिन नसक्ने पार्टीहरू, नेताहरू, नागरिक समाज र सरकारले देशलाई डुबाउँछन् । त्यसैले युवापुस्ताले नेतृत्व समाल्न आगामी चुनावमा ज्यान फालेर लाग्नुपर्यो । काठमाडौँमा जुलुस निकालेर केही हुनेवाला छैन ।’
पुनले कुनै पनि समस्याको समाधानका लागि सृजनशील सुझाव दिन नसक्ने राजनीतिक दल, नेताहरू, नागरिक समाज र सरकारकै कारण देश संकटतर्फ धकेलिने चेतावनीसमेत दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ पुस २०८२, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वविद्यालय सुधार गर्न गैर राजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छ: मन्त्री पुन
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छ: मन्त्री पुन
विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ : मन्त्री पुन
ठोस नतिजा निकाल्ने गरी अघि बढ्न कर्मचारीलाई मन्त्री पुनको निर्देशन