मन्त्री पुनले गरे ३ वटा निम्तो अस्वीकार

सफल खबर संवाददाता

शुक्रबार, २५ पुस २०८२, १३ : १६
मन्त्री पुनले गरे ३ वटा निम्तो अस्वीकार

काठमाडौँ । खेलकुद मन्त्री बब्लु गुप्ताको क्याविनेटबाट स्वीकृत भइसकेको अमेरिका भ्रमण विवादित बनिरहेको बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई मन्त्री भइसकेपछि विदेश भ्रमणका लागि आएका निम्तो अस्वीकार गरेको बताएका छन् । अहिले पनि २ वटा निमन्त्रणा आएको र यसमा पनि नजाने पुनको भनाइ छ ।

इजरायल र साउदी अरबमा कार्यक्रमका लागि आएको निमन्त्रणा पत्र फेसबुकमा राख्दै उनले देशको अर्थतन्त्र नसुधारेसम्म जो सुकै प्रधानमन्त्री, अर्थमन्त्री आए पनि प्रगति नहुने र विदेश घुमेर पनि केही नहुने बताएका छन् ।

मन्त्री पुनले लेखेका छन्, ‘लौ जा ! म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीन वटा विदेश भ्रमणमा गइनँ । अहिले पनि दुई वटा निमन्त्रणा आएछ । यसमा पनि जान्नँ । देशको अर्थतन्त्र नसुधारे सम्म जोसुकै प्रधान मन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किन भने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ?’

 

प्रतिक्रिया दिनुहोस