काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति, राजिष्टार र निर्देशकसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै तत्कालीन उपकुलपति प्रा. डा. संगिता सिंह भण्डारी, राजिष्टार, निर्देशक, विभिन्न पदमा कार्यरत कर्मचारी तथा एक निजी कम्पनी एवं सोका प्रतिनिधिसहित १९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
अन्य प्रतिवादीहरूमा तत्कालीन का.मु. रजिष्ट्रार, निर्देशक, रेडियोलोजी विभागका प्रमुख, बायोमेडिकल इन्जिनियरहरू, शाखा अधिकृत, लेखा तथा आइटी सम्बन्धी कर्मचारी, स्वास्थ्यकर्मी र आपूर्तिकर्ता कम्पनी हिमालयन मेडिटेक प्रा.लि. तथा त्यसका पदाधिकारीहरू समावेश छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०८२, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर (पूर्णपाठसहित)
कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर, एक करोड त्रिचालीस लाख बिगो माग