‘इम्पोर्टेन्ट काम छ’ भन्दै अर्थमन्त्रीले बजेट भाषण गर्दा बीचमा उठेर हिँडे हर्क साम्पाङ

सफल खबर संवाददाता

शुक्रबार, १५ जेठ २०८३, १७ : ०३
‘इम्पोर्टेन्ट काम छ’ भन्दै अर्थमन्त्रीले बजेट भाषण गर्दा बीचमा उठेर हिँडे हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसद् भवनबाट हिँडेका छन्।

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गरिरहँदा अध्यक्ष साम्पाङ बिचबाटै उठेर हिँडेका हुन्।

उनले आफूले बाहिर भएपनि बजेट सुन्ने बताए। किन बाहिरिनुभयो? भन्दै सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले भने, ‘म मात्रै छु त छैन नि त। मेरो दलको मान्छे छ नि त्यहाँ। म नेता हो नि।’

उनले बाहिर आफ्नो इम्पोर्टेन्ट काम भएको बताए। उनले थपे, ‘मेरो इम्पोटेन काम छ नि।’

बजेट भन्दा पनि तपाईँको काम इम्पोर्टेन्ट? भन्ने प्रश्नमा उनले भने,’ इम्पोटेन छ। मैले बैठक बहिस्कार गरेको होइन।’

उनले आफूले प्रधानमन्त्री सदनमा आएको भएकाले आन्दोलन नगरेको पनि बताए।

प्रतिक्रिया दिनुहोस