१७ जेठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको रास्वपा सभापतिमा सीता ज्ञवाली नै दोहोरिएकी छन् ।
सभापतिका प्रत्यासी सुभाष गैरेलाई ७९ मत अन्तरले पछि पार्दै ज्ञवाली पुन: सभापति चुनिएकी हुन् । ज्ञवालीले ३३५ र गैरेले २५६ मत पाएका छन् ।
सीता संस्थापनकाल देखिकै महानगर सभापति हुन् । यसपटक पनि उनलाई सर्वसम्मत बनाउने प्रयास भएको थियो तर गैरेले सभापति पदमा दाबी गरेपछि निर्वाचन भएको थियो, जसमा प्रतिनिधिहरुले सीतालाई नै पुन: चयन गरे ।
यसैगरी उपसभापतिमा दिवाकर श्रेष्ठ ३६६ मतसहित विजयी भए । अर्का प्रत्यासी इन्दिरा बरालले २०९ मत पाइन् ।सहसचिवमा शिवराज सुवेदी ४२६ मतसहित विजयी हुँदा बोधननाथ सुवेदीले १३० मत पाए ।
सदस्यहरुमा सुनिता तिवारी, इन्दिरा अर्याल, गीता रायमाझी, उषा शर्मा, शान्तिमाया थापा क्षेत्री, एन्जिला अधिकारी, सिता कुमारी पौडेल, सन्त कुमारी चापागाईं र संगिता बराली चयन भएका छन् ।
यसैगरी अनिल जिसी, नन्दप्रसाद भट्ट, दयाराम सुवेदी, नरसिंह भण्डारी, यामलाल उपाध्याय, सुमन सुवेदी, भरत घिमिरे पनि सदस्य निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिहरुमा ध्रुव केसी, निर्देश श्रेष्ठ र डिल्लीराज भण्डारी चुनिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ जेठ २०८३, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले महत्त्वाकाक्षी बजेट नै ल्याएको रास्वपाको दाबी
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने
विपक्षीको विरोधलाई रास्वपा सांसद खरेलले ‘तमासा’ भनेपछि संसदमा तनाव
न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न रास्वपा सांसदको माग
रास्वपाको पहिलो महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक
रास्वपाद्वारा बारामा जिल्ला तदर्थ समिति नबनाई स्थानीय अधिवेशनमा ध्यान केन्द्रित गर्ने निर्णय