काठमाडौँ । मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले तीन जना मन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री यादवले नेपाली काँग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गरेका हुन् ।
जनमतका महेश प्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । काँग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादीका कनिस पटेलको मन्त्रालय भने तोकिएको छैन ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ मंसिर २०८२, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समतामूलक र समावेशी समाज निर्माणमा एकताबद्ध हुन मुख्यमन्त्री यादवको आह्वान
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने
मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा
आन्दोलनकारीबाट मलाई सुरक्षा चुनौती छ : मुख्यमन्त्री यादव