जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा चुनौती रहेको बताएका छन् ।
शनिबार मधेश प्रदेशवासीका नाममा सम्बोधन गर्ने क्रममा उनले आफूलाई आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको बताएका हुन् ।
मुख्यमन्त्री यादवले आफूलाई सुरक्षा निकायले सुरक्षा चुनौती देखिएको भन्दै सीमित कार्यक्रमहरूमा मात्रै सहभागी हुन भनेको पनि बताए ।
‘सुरक्षा निकायकै रिपोर्टिङअनुसार मुख्यमन्त्रीज्यू विशेष कार्यक्रमहरू अलिकति कम गर्नुपर्यो । सीमित कार्यक्रमहरू राख्नुपर्यो । सुरक्षा चुनौती छ । संवेदनशील भइदिनुपर्यो भनेर आइसकेपछि यी विषयवस्तुहरू मैले कसलाई भन्ने ?,’ उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ कार्तिक २०८२, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समतामूलक र समावेशी समाज निर्माणमा एकताबद्ध हुन मुख्यमन्त्री यादवको आह्वान
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने
मुख्यमन्त्री यादवद्वारा ३ मन्त्री नियुक्त, जनमतका महेशले पाए अर्थ मन्त्रालयको जिम्मेवारी
मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा