जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा चुनौती रहेको बताएका छन् ।
शनिबार मधेश प्रदेशवासीका नाममा सम्बोधन गर्ने क्रममा उनले आफूलाई आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको बताएका हुन् ।
मुख्यमन्त्री यादवले आफूलाई सुरक्षा निकायले सुरक्षा चुनौती देखिएको भन्दै सीमित कार्यक्रमहरूमा मात्रै सहभागी हुन भनेको पनि बताए ।
‘सुरक्षा निकायकै रिपोर्टिङअनुसार मुख्यमन्त्रीज्यू विशेष कार्यक्रमहरू अलिकति कम गर्नुपर्यो । सीमित कार्यक्रमहरू राख्नुपर्यो । सुरक्षा चुनौती छ । संवेदनशील भइदिनुपर्यो भनेर आइसकेपछि यी विषयवस्तुहरू मैले कसलाई भन्ने ?,’ उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ कार्तिक २०८२, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने
मुख्यमन्त्री यादवद्वारा ३ मन्त्री नियुक्त, जनमतका महेशले पाए अर्थ मन्त्रालयको जिम्मेवारी
मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन
‘संविधानअनुसार नै मुख्यमन्त्रीमा नियुक्त भएको हुँ’ : मुख्यमन्त्री यादव