काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत भोलि लिने भएका छन् ।
मुख्यमन्त्री यादवले मधेस प्रदेश सभामा विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्दै प्रदेशसभा सचिवालयलाई पत्र पठाएका थिए। मुख्यमन्त्रीको सचिवालयका अनुसार संविधानको धारा १६८ अनुसार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभामा पत्राचार गरिएको हो । संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
मुख्यमन्त्री यादव मङ्सिर १९ गते नेपाली काँग्रेसका संसदीय दलका नेताका हैसियतमा सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ पुस २०८२, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक छ’ : मुख्यमन्त्री यादव
समतामूलक र समावेशी समाज निर्माणमा एकताबद्ध हुन मुख्यमन्त्री यादवको आह्वान
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मुख्यमन्त्री यादवद्वारा ३ मन्त्री नियुक्त, जनमतका महेशले पाए अर्थ मन्त्रालयको जिम्मेवारी
मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा