काठमाडौँ । धरान उपमहानगरपालिकाको आगामी मेयर लागि श्रम संस्कृति पार्टीले आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत धनबहादुर राईलाई मेयर पदका लागि अघि सारिएको जानकारी दिएका छन्।
साम्पाङले जनमत, अनुभव र राजनीतिक अवस्थाको मूल्यांकनपछि राईलाई उपयुक्त उम्मेदवारका रूपमा छनोट गरिएको बताएका छन्। उनले पार्टीको भविष्य र नेतृत्व निरन्तरताका दृष्टिले यो निर्णय गरिएको संकेत गरेका छन्।
राई यसअघि नेकपा (एमाले) बाट धरान-४ का वडाध्यक्ष निर्वाचित भएका थिए। पछि उनी एमाले छोडेर श्रम संस्कृति पार्टीमा आबद्ध भएका हुन्। साम्पाङले सञ्चालन गर्दै आएको श्रमदान अभियानमा सक्रिय भएपछि उनी पार्टी नजिकिएका बताइन्छ। सोही गतिविधिमा संलग्न भएको विषयमा एमाले धरानले उनलाई पदबाट हटाउन सिफारिससमेत गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ जेठ २०८३, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री नआएपछि हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार
सरकार संसद्प्रति उत्तरदायी भएन, यो लोकतन्त्रमाथिको कालोधब्बा हो : हर्क साम्पाङ
'सरकारलाई सदनप्रति उत्तरदायी बनाउन निलम्बन भोग्न पनि तयार छौँ: हर्क साम्पाङ
‘सदन र जनताप्रति सरकार जबाफदेही हुनुपर्छ’: हर्क साम्पाङ
पर्चा देखाउँदै आज पनि हर्क साम्पाङले संसदमा जनाए विरोध
सिंहदरबारभित्र जलेका कुनै एउटा भवन बनाउन दिनुहोस् , हामी श्रमदान गरेर बनाउँछौँ’: हर्क साम्पाङ