काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादित भनाइलाई लिएर विपक्षी दलहरूको बैठकले उनलाई संसदमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने निष्कर्ष निकालेको छ।
बैठकपछि प्रतिक्रिया दिँदै खुस्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य परिस्थितिभन्दा फरक रहेको भन्दै त्यसको जवाफ प्रतिनिधि सभा बैठकमा नै दिनुपर्ने धारणा राखिन्।
उनले नेपाल-भारत सीमा सम्बन्धमा उठाइएको प्रसंग तथ्यका आधारमा गलत व्याख्या भएको बताउँदै सीमावर्ती क्षेत्रमा हुने केही स्थानगत व्यवस्थालाई भूमि अतिक्रमणसँग तुलना गर्न नमिल्ने जिकिर पनि गरिन्।
ओलीका अनुसार विपक्षी दलहरूको छलफल जारी रहेकाले सम्बन्धित दलको आन्तरिक बैठकमा थप छलफलपछि औपचारिक धारणा सार्वजनिक गरिने तयारी छ।
त्यसैगरी बैठकपछि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीको भनाइलाई अपरिपक्व र संवेदनशील विषयमा असावधानीपूर्ण अभिव्यक्ति भएको टिप्पणी गरे। उनका अनुसार यस्तो अभिव्यक्तिले छिमेकी मुलुकसँगको सीमा दाबीसम्बन्धी विषयमा गलत सन्देश जाने जोखिम रहेको छ।
राईले उक्त विषय सामान्य राजनीतिक टिप्पणी नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदमै उपस्थित भएर जवाफ दिनुपर्ने माग दोहोर्याएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ जेठ २०८३, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेश प्रक्रियापछि विपक्षी दलहरू संयुक्त छलफलमा
सभामुख भेट्न पुगे विपक्षी दलका नेताहरू
उपसभामुखलाई हटाउने काँग्रेस-एमालेको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय
उपसभामुख हटाउने सत्ताधारीको तयारीविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको बैठक
उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूले बोलाए बैठक
मधेश प्रदेश सभामा विपक्षी दलहरूको अवरुद्ध