काठमाडौँ । संसदीय समितिहरूको सभापति चयन प्रक्रियासम्बन्धी धारणा तय गर्न प्रमुख विपक्षी दलहरूको संयुक्त बैठक प्रारम्भ भएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपाबीच समन्वयका लागि बैठक बसेको हो ।
सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा भइरहेको छलफलमा अर्जुननरसिंह केसी, युवराज दुलाल, गुरुप्रसाद बराल तथा भीष्मराज आङ्दाम्बेलगायत नेताहरू सहभागी छन् ।
बैठकले संसदीय समितिका सभापतिहरूको चयनमा उम्मेदवारी दिने वा नदिने विषयमा साझा निर्णय गर्ने अपेक्षा गरिएको छ ।
यसैबीच, संघीय संसद् सचिवालयका अनुसार समितिका सभापतिहरूका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । दर्ता प्रक्रिया प्रतिनिधिसभा सचिवको कार्यकक्षमा सम्पन्न हुनेछ भने सोही दिन अपराह्न साढे ४ बजे उम्मेदवारहरूको नामावली सार्वजनिक गरिनेछ ।
संघीय संसदअन्तर्गत हाल १६ वटा समिति क्रियाशील छन्, जसमा प्रतिनिधि सभातर्फ १०, राष्ट्रिय सभातर्फ ४ तथा दुई संयुक्त समिति रहेका छन् । राष्ट्रिय सभाका समितिहरूको नेतृत्व चयन यसअघि नै सम्पन्न भइसकेको छ भने प्रतिनिधिसभा र संयुक्त समितिहरूमा नेतृत्व चयन प्रक्रिया बाँकी रहेको छ ।
गत चैत २७ गते प्रतिनिधि सभाले समितिमा रहने सदस्यहरूको नामावली टुङ्ग्याएको थियो । त्यसलगत्तै सभामुख डोलप्रसाद अर्यालले समितिका सभापति चयनका लागि आगामी शुक्रबार निर्वाचन मिति निर्धारण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ बैशाख २०८३, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने विपक्षी दलहरूको निष्कर्ष
अध्यादेश प्रक्रियापछि विपक्षी दलहरू संयुक्त छलफलमा
उपसभामुखलाई हटाउने काँग्रेस-एमालेको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय
उपसभामुख हटाउने सत्ताधारीको तयारीविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको बैठक
उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूले बोलाए बैठक
मधेश प्रदेश सभामा विपक्षी दलहरूको अवरुद्ध