काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र एमालेले उपसभामुख ईन्दिरा रानामगरलाई हटाउने कसरत सुरु गरेपछि विपक्षी दलहरुको बैठक बसेको छ । सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डीपी अर्याल लगायत दलका नेताहरु बैठक बसेको हो ।
बैठकमा अबको आफ्नो रणनीति के हुने भनेर छलफल भएको बताइएको छ । सत्तारुढ दलको निर्णयविरुद्ध कदम चाल्न बैठक बसेको हो । उनीहरुले उपसभामुखलाई हटाउन नहुने बताएका छन् । उता एमाले–कांग्रेसले भने उपसभामुखलाई हटाउने भनेर आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ भदौ २०८२, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा नेतृत्वको सर्वदलीय संवादपछि विपक्षी दल सिंहदरबारमा छुट्टै छलफलमा
प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै
प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने विपक्षी दलहरूको निष्कर्ष
अध्यादेश प्रक्रियापछि विपक्षी दलहरू संयुक्त छलफलमा
सभामुख भेट्न पुगे विपक्षी दलका नेताहरू
उपसभामुखलाई हटाउने काँग्रेस-एमालेको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय