काठमाडौँ । झापाको दमक नगरपालिका-१० स्थित सेतुमाडीमा शनिबार बिहान बोरामा पोको पारिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।
शव दमक नगरपालिका-८ वसन्त टोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारीको रहेको खुलेको हो । प्रहरीका अनुसार रमा बुधबार राति घरबाट हराएकी थिइन् ।रमाको शव दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि शनिबार बिहान ११ बजे फेला परेको थियो ।
सेतो रंगको प्लास्टिकको बोरामा बाँधेर रतुवा खोलाको पानीमा रही ढाडिएको, रातो भेस्ट, जिन्सको पेन्ट लगाएको महिलाको शव फेला परेको थियो । महिलाको कपाल र हात बाहिर निक्लेको र शरीर बोराभित्र रहेको अवस्थामा शव भेटिएको थियो । तत्काल मृतकको पहिचान नखुलेपछि जिल्ला प्रहरी कार्यालय झापाले महिलाको बायाँ हातमा रहेको ट्याटुको एउटा फोटो सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ जेठ २०८३, ११ : ४५
लेखकबाट थप