काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था संवेदनशील रहेको समयमा नेतृत्व परिवर्तनबारे सार्वजनिक रूपमा चर्चा गरिएकोप्रति आपत्ति जनाएका छन्। उनले यस्तो अभिव्यक्तिलाई गैर जिम्मेवार मात्र नभई आपत्तिजनक मानसिकता भएको टिप्पणी गरेका छन्।
बस्नेतले एमाले सचिवालय बैठकमा २४ बुँदे धारणा प्रस्तुत गरेको उल्लेख गर्दै तीमध्ये केही विषयलाई लिएर गलत व्याख्या र प्रचार गरिएको दाबी गरेका छन्। यस विषयमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्टीकरण सार्वजनिक गरेका हुन्।
उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारको क्रममा स्वास्थ्य जटिलतासँग जुधिरहेका छन्। उनले अपरेशनपछि समेत निमोनिया र संक्रमणका कारण स्वास्थ्य अवस्था संवेदनशील रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० जेठ २०८३, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणेश नेपाली मृत्यु प्रकरणमा एमालेले खोज्यो सरकारको जबाफदेहिता
सभामुखलाई एमालेको प्रश्न- प्रतिनिधिसभा नियमावली प्रतिपक्षको लागि मात्रै बनाइएको हो ?
एमाले कार्यदलको बैठक बस्दै
प्रधानमन्त्रीलाई संसद्को रोष्ट्रममा उभ्याउन रुलिङ गरियोस् : एमाले
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले