काठमाडौँ । आज एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो ३ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिहरूबाट आ.व. २०८३–८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयहरू सहितको सुझाव पेस हुनेछ ।
दिउँसो २ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कारागार तथा प्रहरी हिरासतमा रहेका कैदीबन्दी एवं थुनुवाहरूको मानव अधिकार सम्बन्धमा गृह मन्त्रालयसँग छलफल हुनेछ ।
बिहान ९ बजेबाट सुरु भएको पूर्वाधार विकास समितिको बैठकमा मध्यपूर्वमा जारी युद्धका कारणले सार्वजनिक पूर्वाधार निर्माणमा परेको समस्याबारे छलफल भइरहेको छ । त्यस्तै दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपाल सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका सम्बन्धमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रीसँग छलफल हुनेछ ।
दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बनेपास्थित विस्थापित सुकुमबासी होल्डिङ सेन्टरको अनुगमनबाट देखिएका विषयहरूका सम्बन्धमा पूर्वाधार विकास मन्त्रालयसँग छलफल, विपद् व्यवस्थापन सम्बन्धमा सरकारको पूर्व तयारीबारे छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सूचना तथा सञ्चार मन्त्रालयको विद्यमान अवस्था तथा भावी कार्ययोजनाको रहेको छ भने साढे २ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकसँग बेरुजु फस्र्यौट सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आ.व..२०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा छलफल हुनेछ । दिउँसो ३ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको अनुगमन तथा मूल्यांकन समितिको बैठकमा समितिको कार्यविधि पारित गर्ने सम्बन्धमा, लैङ्गिक असमानता अध्ययन उपसमितिको हालसम्मको प्रगति विवरण सम्बन्धमा र अन्य उपसमिति गठनका विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ जेठ २०८३, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई संसदीय समितिको बैठक बस्दै
संसदीय समितिका सभापतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
संसदीय समितिमा हेरफेर
संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुई संसदीय समितिको बैठक बस्दै