काठमाडौँ । संघीय संसद्अन्तर्गत रहेका विभिन्न संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रतिनिधि सभा तथा संयुक्त समितिहरू गरी कुल १२ समितिका सभापतिले निर्वाचन सम्पन्न भएपछि शपथ ग्रहण गरेका हुन्।
सिंहदरबारस्थित लेखा समितिको हलमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई शपथ गराएका थिए। कार्यक्रममा उपसभामुख रुविकुमारी ठाकुर, राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम लगायतको उपस्थिति रहेको थियो।
शपथ ग्रहण गर्नेहरूमा कानुन, न्याय तथा मानवअधिकार समितिको नेतृत्व समीक्षा बास्कोटाले सम्हालेकी छन् भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोककुमार चौधरी रहेका छन्। पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी चयन भएका छन्।
त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा. ओजस्वी शेरचन रहेका छन्। सार्वजनिक लेखा समितिको नेतृत्व भरत खड्काले सम्हालेका छन्।
संयुक्त समितितर्फ संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्की निर्वाचित भएका छन्।
यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सभापतिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी तथा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारीले जिम्मेवारी सम्हालेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ बैशाख २०८३, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समितिमा हेरफेर
संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै