काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक हुने बताएका छन् । सुकुमबासी बस्ती तथा अतिक्रमित घरटहरा हटाएको विषयमा सामाजिक सञ्जालमामार्फत प्रतिक्रिया दिँदै उनले सरकारको तयारी नपुगेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्- ‘सार्वजनिक स्थल खाली गर्ने नाममा अति हतारमा मन्दिर, स्कुल र बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा भत्काइनु कतैबाट उचित होइन। मन्दिर, स्कुल, गुम्बा जस्ता सार्वजनिक संस्थाहरू सार्वजनिक स्थलमै हुन्छन् भन्ने सबैको जानकारीको विषय हो। ‘
उनी थप लेख्छन्- ‘कसैले आफ्नो छानो गुमेको दृश्य हेर्न नसकेर जीवन नै गुमाए। विकास जीवनका लागि हुनुपर्छ । जीवन विकासका लागि होइन। मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक हुन्छ। इतिहास, धर्म,परम्पराको संरक्षण गर्दै गरिने निरन्तरता सहितको विकास नै दिगो र स्थिर पनि बन्छ यसतर्फ सरकारको ध्यान पुगोस्। गृहकार्य पुगेन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ बैशाख २०८३, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक : राजेन्द्र लिङदेन
नेताहरूको मात्रै सम्पत्ति छानबिन गरेर पुग्दैन: राजेन्द्र लिङदेन
भिजिट भिसा प्रकरणमा छानबिन नभए रास्वपासहित सडक आन्दोलनमा जान्छौँ: राजेन्द्र लिङदेन
रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गर्नुपर्छ : लिङ्देन
प्रकाशचन्द्र, धबलशम्शेर र विक्रम पाण्डेप्रति राजेन्द्र लिङदेनको आरोपै आरोप, अब चुप लागेर नबस्ने उदघोष्
निजामती विधेयकमा भएको हेरफेर छानबिन हुनुपर्छ: राजेन्द्र लिङदेन