काठमाडौं । राजावादीहरुको पार्टी राप्रपामा दिनप्रतिदिन भाडभैलो मच्चिन थालेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले आफै आफुपक्षिय नेताहरुको गुट भेला गरेर नेताहरु प्रकाशचन्द्र लोहनी, धबल शम्शेर जवरा र विक्रम पाण्डेप्रति आक्रोश पोखेका छन् ।
लिङदेनले आफु नरम बनेर यी तीन नेताहरुलाई पटक पटक अवसरहरु दिएपनि उनीहरुबाट आफुले कहिल्यै सहयोग नपाएको भन्दै अब चुप लागेर बस्ने सोचमा आफु नरहेको बताए । ‘राजनीति पल्टिदै थियो, पार्टीका पक्षमा जनलहर आउँदै थियो, तर पार्टीभित्रै षड्यन्त्र थालियो, जहिल्यै अध्यक्षलाई असहयोग गरियो, अव पार्टी यसरी चल्दैन,’ लिङदेनले पार्टी नेताहरुसँग भने, ‘अव सहनुहुन्न । यसरी सहेर बस्दा पार्टी लथालिंग हुन्छ । आवश्यक परे कारवाही गरेरै भएपनि पार्टीलाई ट्याकमा ल्याउनुपर्छ ।’
उनले प्रकाशचन्दै लोहनीलाई आफैले पार्टी निर्देशक समितिको अध्यक्षको पत्र दिएको, भष्टाचार आरोप लागेका विक्रम पाण्डेलाई आफैले मन्त्री बनाएको र धबल शम्शेरलाई जहिल्यै उसले खोजेका आधारमा भागवन्डा दिईरहेको भएपनि पार्टी उनीहरुले नै सक्न खोजेको आरोप लगाए ।
‘मैले नै चिठी दिएको आधारमा जीवनभर निर्देशन समितिको अध्यक्ष भइराख्ने, अनि मैले अर्कोलाई त्यस्तै पत्र दिँदा कसरी अवैधानिक हुन्छ ? रोशन कार्कीलाई मैले अनुशासन समितिको संयोजक बनाउनु कसरी नाजायज ? आफूलाई अनुकुल नहुनासाथ विधान उल्लंघन गरेको हुन्छ ? ’ डा. प्रकाशचन्द्र लोहनीप्रति लक्षित गदै लिङदेनले भने ।
त्यक्तिमा मात्रै उनी रोकिएनन । लिङदेनले धबलशम्शेरमाथी पनि आक्रोस पोखे । उनले धबलशक्शेरले जहिल्यै मन्त्री मात्र खोजेको र मालदार मन्त्रालय पुगेर कुम्याउन चाहेको टिप्पणी गरे ।
‘केही पात्रले आजमात्र होइन उहिलेदेखि मलाई काम गर्न दिएका छैनन् । अध्यक्षलाई भेट्न खोज्ने, अनि भेट्यो कि ४० प्रतिशत हिस्सा चाहियो भन्ने, कहिले मलाई संसदीय दलको नेता बनाउनुपर्यो भन्ने, कहिले मन्त्री बनाउनुपर्यो भन्ने, किन मन्त्री बनाउनुपर्यो भन्दा कमिसन ल्याएर पार्टी चलाउनु परेन रे ? यस्तो प्रवृत्तिसँग कसरी सम्झौता गर्ने ?’ लिङदेनले थप आक्रोश पोख्दै भने, ‘पार्टी भाँडमा जाओस मतलब भएन, तर आफु बन्नुपरयो । यस्ता मान्छे पनि हुँदा रैछन । कसरी काम गरिरहेको हुँला मैले कसैले गहिरिएर सोच्नुस् त ।’
विक्रम पाण्डेलाई त भष्टाचारको आरोप लाग्दा लाग्दै पनि आफुले मन्त्री बनाएको प्रसंग पनि उनले उप्काए । ‘भ्रष्टाचार आरोप लागेको मान्छेलाई मैले मन्त्री बनाएँ । तर मन्त्री बनाउँदा पनि खुशी भएनन् । अहिले पनि मेरो विरोध गरेर हिँडिरहेका छन् ।’ लिङदेनले भने ।
उनले पार्टीले गरेका कारवाहीका विरुद्ध अहिले लोहनी, धबलशम्शेर र विक्रम पाण्डेहरुकै उक्सावटमा निर्वाचन आयोग जाने काम भएको भन्दै त्यसरी जानेहरुविरुद्ध पार्टी निर्मम बन्ने बताए ।
उनले निर्वाचन आयोगले उनीहरुको पक्षमा निर्णय दिएछ भने पनि आफु चुप अब लागेर नबस्ने र पार्टीभित्रका खराबहरुका विरुद्दको अभियानमा आफुलाई साथ दिन नेताहरुसँग आग्रह गरे ।
लिङदेनले आफनो पक्षमा नेता कार्यकर्तालाई टिकाईराख्न र आफ्नो विरोधमा उत्रेका नेताहरु विरुद्ध अव कडा रुपमा प्रस्तुत हुन यस्तो बैठक राखेर तीव्र आक्रोश पोखेका हुन् । बत्तिसपुतलीस्थित तपस होटलमा लिङदेनले आफु पक्षिय उपाध्यक्ष हेमजङ गुरुङलाई नेता बोलाउन लगाई आक्रोश पोखेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ साउन २०८२, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती विधेयकमा भएको हेरफेर छानबिन हुनुपर्छ: राजेन्द्र लिङदेन
निषेधित्र क्षेत्र बाहिर पनि नियन्त्रण गर्न खोजे प्रतिकार गर्ने राजेन्द्र लिङदेनको चेतावनी
निषेध गरेर जान खोजेको भए सरकारले जंगल पस भन्नुपर्योः राजेन्द्र लिङदेन
राजेन्द्र लिङ्देनको चुनौती-‘राजावादी यहाँ छ, सके जेल हाल’
जनहित विपरीतका ऐन, कानुनहरू निर्माण भए संसद् छोडेर सडकको उपयोग गर्छौंः अध्यक्ष लिङदेन
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल