बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेलाई तत्काल काठमाडौंको सरुवा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
लामिछाने बुटवलको सुप्रिक सहकारी ठगी प्रकरणमा गत चैत २५ देखि जिल्ला कारगार भैरहवामा छन् । पार्टीको चुनाव लक्षित कार्यक्रममा सहभागी हुन भैरहवा आएका लिङ्देनले कारागार पुगेर लामिछानेलाई मंगलबार भेटेपछि भैरहवा कारागार सुविधा र सुरक्षा दुवै दृष्टिकोणले अनुपयुक्त रहेको उल्लेख गर्दै काठमाडौं सरुवा गर्न गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका हुन् ।
देशको एउटा महत्वपूर्ण पार्टीको सभापतिलाई थुनामा राख्दा सामान्यतया आफूले रोजेको कारागारमा बस्न दिनुपर्ने न्यूनतम सुविधाबाट पनि सरकारले वञ्चित गरेको देख्दा दुःख लागेको उल्लेख गर्दै लिङदेनले लामिछानेलाई तत्काल काठमाडौं सार्न उपयुक्त हुने धारणा राखेका हुन् ।
लामिछानेले कारागार सरुवाका लागि दिएको निवेदनमा अदालतले स्थानान्तरण गर्न आदेश दिएको थियो । तर, गृह प्रशासनले काठमाडौंमा पनि रविविरुद्ध मुद्दा रहेको लगायत तर्क गरेर स्थानान्तरण गर्न रोकेको छ ।
१९५० मा बनेको रुपन्देही कारागारमा क्षमताभन्दा झण्डै तीन गुणा बढी ६२४ जना कैदीबन्दी र थुनुवा रहेको कारागारका प्रमुख सुरेश भण्डारीले बताए । तर, रविलाई छुट्टै राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ साउन २०८२, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रकाशचन्द्र, धबलशम्शेर र विक्रम पाण्डेप्रति राजेन्द्र लिङदेनको आरोपै आरोप, अब चुप लागेर नबस्ने उदघोष्
निजामती विधेयकमा भएको हेरफेर छानबिन हुनुपर्छ: राजेन्द्र लिङदेन
निषेधित्र क्षेत्र बाहिर पनि नियन्त्रण गर्न खोजे प्रतिकार गर्ने राजेन्द्र लिङदेनको चेतावनी
निषेध गरेर जान खोजेको भए सरकारले जंगल पस भन्नुपर्योः राजेन्द्र लिङदेन
राजेन्द्र लिङ्देनको चुनौती-‘राजावादी यहाँ छ, सके जेल हाल’
जनहित विपरीतका ऐन, कानुनहरू निर्माण भए संसद् छोडेर सडकको उपयोग गर्छौंः अध्यक्ष लिङदेन