काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले निजामती विधेयकमा भएको हेरफेरले संसद् र सांसदको अपमान गरेको बताएका छन् ।प्रतिनिधिसभाबाट पारित विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेपछि अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘निजामती सेवा विधेयकको सबैभन्दा बेसी छलफल भएको र छलफलपछि सर्वसम्मतिले पारित भएको दफामा हेरफेर गरेर सार्वजनिक हुनु सामान्य विषय होइन । संसद् र सांसदको अपमान हो ।’
अध्यक्ष लिङदेनले सामसुम पार्ने विषय नभएको भन्दै गम्भीर छानबिनको माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ असार २०८२, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेताहरूको मात्रै सम्पत्ति छानबिन गरेर पुग्दैन: राजेन्द्र लिङदेन
भिजिट भिसा प्रकरणमा छानबिन नभए रास्वपासहित सडक आन्दोलनमा जान्छौँ: राजेन्द्र लिङदेन
रवि लामिछानेलाई तत्काल काठमाडौं सरुवा गर्नुपर्छ : लिङ्देन
प्रकाशचन्द्र, धबलशम्शेर र विक्रम पाण्डेप्रति राजेन्द्र लिङदेनको आरोपै आरोप, अब चुप लागेर नबस्ने उदघोष्
निषेधित्र क्षेत्र बाहिर पनि नियन्त्रण गर्न खोजे प्रतिकार गर्ने राजेन्द्र लिङदेनको चेतावनी
निषेध गरेर जान खोजेको भए सरकारले जंगल पस भन्नुपर्योः राजेन्द्र लिङदेन