सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक : राजेन्द्र लिङदेन

सफल खबर संवाददाता

शनिबार, १९ बैशाख २०८३, ०८ : १०
सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक : राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक हुने बताएका छन् ।

सुकुमबासी बस्ती तथा अतिक्रमित घरटहरा हटाएको विषयमा प्रतिक्रिया दिँदै उनले सरकारको तयारी नपुगेको उल्लेख गरेका छन् ।

 सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'सार्वजनिक स्थल खाली गर्ने नाममा अति हतारमा मन्दिर, स्कुल र बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा भत्काइनु कतैबाट उचित होइन। मन्दिर, स्कुल, गुम्बा जस्ता सार्वजनिक संस्थाहरू सार्वजनिक स्थलमै हुन्छन् भन्ने सबैको जानकारीको विषय हो। '

उनी थप लेख्छन्– 'कसैले आफ्नो छानो गुमेको दृश्य हेर्न नसकेर जीवन नै गुमाए। विकास जीवनका लागि हुनुपर्छ । जीवन विकासका लागि होइन।  मानिसको सम्पत्ति भन्दा आस्था माथिको आक्रमण खतरनाक हुन्छ। इतिहास, धर्म,परम्पराको संरक्षण गर्दै गरिने निरन्तरता सहितको विकास नै दिगो र स्थिर पनि बन्छ यसतर्फ सरकारको ध्यान पुगोस्। गृहकार्य पुगेन ।' 

प्रतिक्रिया दिनुहोस