एजेन्सी । फिफा विश्वकप २०२६ को सहआयोजक क्यानडाले आफ्नो पहिलो खेलमा बोस्निया हर्जगोभिनासँग १–१ गोलको बराबरी खेलेको छ ।
टाेरन्टाे स्टेडियममा गएराति भएको खेलमा बोस्नियाका जोभो लुकिच र क्यानडाका साइल लरिनले आआफ्नो टोलीका लागि एक–एक गोल गरेका थिए ।
खेलको २१औँ मिनेटमा लुकिचले गोल गर्दै बोस्नियालाई सुरुवाती अग्रता दिलाएका थिए । सियाड कोलासिनाचले कर्नरबाट हेडर फ्लिक गरेपछि लुकिचले हेडमार्फत गोल गरेका थिए ।
यस्तै, क्यानडाका लारिनले ७८औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो ।
यो खेलसँगै समूह ‘बी’ का क्यानडा र बोस्निया एन्ड हर्जगोभिना दुवैले पहिलो खेलपछि एक–एक अंक जोडेका छन् । यस समूहमा स्विट्जरल्यान्ड र कतार पनि छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० जेठ २०८३, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्व फुटबलको महाकुम्भ शुरु : आज राति उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
फिफा विश्वकपका रेफ्रीलाई अमेरिका प्रवेशमा रोक, विमानस्थलबाटै फिर्ता पठाइयो
फिफा विश्वकप २०२६ को ड्र सार्वजनिक