काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केही बेरपछि मतदान हुँदैछ । धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा विद्युतीय मतदान मेसिनमार्फत मतदान गराउने तयारी भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
मतदानको समय साँझ ५ बजेसम्म तोकिएको छ । निर्वाचन आयोगले मतदाता तथा प्रतिनिधिलाई मतदान स्थलमा प्रवेश गर्न र मतदान गर्नका लागि आधिकारिक फोटोसहितको पार्टीले उपलब्ध गराएको आधिकारिक परिचयपत्रसँगै लेभी बुझाएको प्रमाण अनिवार्यरुपमा ल्याउन आग्रह गरेको छ ।
निर्धारित समयभित्रै मतदान केन्द्रमा उपस्थित भएर मताधिकार प्रयोग गर्न आयोगले अनुरोध गरेको छ । मतदान स्थल र सोको वरपर निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गर्न र शान्तिपूर्ण तथा सौहर्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न आह्वान गरेको छ ।
यही जेठ २६ गते सो पार्टीको बागमती प्रदेशको हेटौँडामा सुरु भएको अधिवेशन प्राविधिक र व्यवस्थापकीय कारणले स्थगन भएको थियो । अधिवेशनअन्तर्गतका निर्वाचन प्रक्रियाका सम्पूर्ण प्राविधिक कार्य सम्पन्न भएको आयोगले जनाएको छ ।
आयोगको टोलीले मतदाता नामावली प्रमाणीकरण, समायोजन सूचीको व्यवस्थापन र प्राविधिक परीक्षण गरेको थियो । बागमती प्रदेशमा एक हजार बढी मतदाता रहेका छन् । आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा रास्वपाको राष्ट्रिय महासधिवशेन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० जेठ २०८३, १६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी
रास्वपाको रोकिएको बागमती प्रदेश अधिवेशन भोलि
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित
रास्वपा दैलेख अधिवेशनपछि विवाद
रास्वपाको बागमती प्रदेश अधिवेशन आज, सभापति लामिछानेले उद्घाटन गर्ने