काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएका छन् । नेपाल पर्यटन बोर्ड र स्पा संघ नेपालको आयोजनामा विश्व आरोग्य दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले आगामी दश वर्षलाई ‘आरोग्य दशक’का रूपमा मनाउने तयारी भइरहेको जानकारी दिए ।
मन्त्री पौडेलले आरोग्य दशक मनाउनका लागि आवश्यक नीति तथा रणनीति निर्माण प्रक्रिया अघि बढिरहेको बताए । आरोग्य पर्यटन अध्ययनलाई होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) मार्फत स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
मन्त्री पौडेलले नेपाल आध्यात्मिक भूमि भएकाले यहाँको हिमाल, नदी, वनजङ्गल र प्राकृतिक वातावरणले मानिसलाई आत्मिक शान्ति र सकारात्मक ऊर्जा प्रदान गर्ने बताए । “पर्यटनको सबैभन्दा ठूलो आधार खुसी हो, आजको विश्वले सबैभन्दा बढी खोजिरहेको विषय पनि खुसी हो । नेपालसँग आध्यात्मिकता, योग, ध्यान, प्राकृतिक उपचार र आरोग्य जीवनशैलीको अनुपम सम्भावना छ, जसलाई व्यवस्थित रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ”, उनले भने ।
कार्यक्रममा स्पा सङ्घ नेपालका अध्यक्ष सुरेश पुरीले विश्वभर करिब ७० करोड मानिस आरोग्य पर्यटनसँग आबद्ध रहेका उल्लेख गर्दै स्पालाई केवल विश्राम र मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई रोगको रोकथाम र स्वस्थ जीवनशैलीको महत्त्वपूर्ण अङ्गका रूपमा बुझ्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ३० जेठ २०८३, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नागरिकलाई महसुस हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार हुन सकेको छैन’: मन्त्री पौडेल
नेपालमा धेरै पार्टी भएपनि विचारमा अन्तर छैनः मन्त्री पौडेल
जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यक: मन्त्री पौडेल