काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने दिशामा सरकारले काम अघि बढाएको र त्यसको सुरुवात आगामी आर्थिक वर्षको बजेटमार्फत गरिएको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ लाई सम्बोधन गर्दै उनले युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्यका साथ बजेट ल्याइएको बताए। उनले आगामी पाँच वर्षभित्र यस अभियानलाई सार्थक निष्कर्षमा पुर्याउने सरकारको लक्ष्य रहेको उल्लेख गरे।
“पछिल्ला १५–२० वर्षदेखि देशका युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिन बाध्य भएका छन्,” अर्थमन्त्री वाग्लेले भने, “अब त्यस्तो अवस्था दोहोरिन नदिन आवश्यक जग बसाल्ने काम बजेटबाट सुरु गरेका छौँ। त्यसलाई बुझ्न बजेट अध्ययन गर्नुपर्छ, र प्रभावकारी कार्यान्वयनले त्यसको मार्ग प्रशस्त गर्नेछ।”
देशभरबाट सहभागी युवा उद्यमीहरूलाई सम्बोधन गर्दै उनले कर सहुलियत, बक्यौता तथा करसम्बन्धी जटिलतामा परेका उद्योगी-व्यवसायीका लागि छुट तथा सहजीकरण, सरकारी प्रशासनको डिजिटल रूपान्तरण र सुशासनका कार्यक्रमले देश निर्माणको नयाँ आधार तयार गर्ने बताए।
उनले करका दरहरू घटाएर वार्षिक एक लाख रुपैयाँसम्म आम्दानी गर्ने युवालाई करको झन्झटबाट मुक्त गरिएको जानकारी दिए। साथै, कर तथा अन्य प्रशासनिक समस्यामा परेका उद्योगी-व्यवसायीलाई नयाँ सुरुवात गर्ने अवसर प्रदान गर्न बजेटमा विशेष सहुलियतको व्यवस्था गरिएको भन्दै त्यसको लाभ लिन आग्रह गरे।
अर्थमन्त्री वाग्लेले बजेट तर्जुमा गर्दा युवाहरूको उद्यमशील सोच, नवप्रवर्तन र व्यावसायिक योजनालाई प्रोत्साहन गर्ने विषयलाई विशेष प्राथमिकता दिइएको तथा सोहीअनुसार विभिन्न कार्यक्रमहरू समावेश गरिएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ जेठ २०८३, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘संसद्लाई प्रधानमन्त्री हटाउने अधिकार छ’: अर्थमन्त्री वाग्ले
करमा बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग गर्न तयार छु : अर्थमन्त्री वाग्ले
‘कर दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छ’: अर्थमन्त्री वाग्ले
‘वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको छ’: अर्थमन्त्री वाग्ले
बजेटको प्राथमिकता मध्यमवर्गको सुदृढीकरणतर्फ केन्द्रित गरिएको अर्थमन्त्रीको दाबी
५० लाखसम्मका गाडीमा मूल्य घट्ने अर्थमन्त्री वाग्लेको दाबी