कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्‍यो : गगन थापा

सफल खबर संवाददाता

आइतबार, ३१ जेठ २०८३, १९ : ५१
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्‍यो : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले ल्याएको कर नीति र बजेटले मध्यम वर्गलाई राहत दिनुको सट्टा थप आर्थिक भार थपेको आरोप लगाएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘सुवर्ण शमशेर इकोनोमिक शृङ्खला’ कार्यक्रममा बोल्दै थापाले आयकरको सीमा पाँच लाख रुपैयाँबाट १० लाख रुपैयाँ पुर्‍याएर राहत दिएको जस्तो देखिए पनि शिक्षा, स्वास्थ्य र विद्युत्जस्ता आधारभूत सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर सरकारले मध्यम वर्गको ढाड सेक्ने काम गरेको बताए ।

उनले प्रस्तुत बजेटले मुलुकको वर्तमान आर्थिक शिथिलता तथा संरचनागत समस्यालाई सम्बोधन गर्न नसकेको दाबी गर्दै यसले विद्यमान निराशा चिर्न नसक्ने भएकाले गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस