काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई देशसँग जोड्ने बताएका छन्।
बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूलाई विकास यात्राका साझेदार बन्न आग्रह गरेका हुन् ।
उनले नेपाल अहिले विशेष परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै ठूलो जनमतका साथ रास्वपा नेतृत्वको सरकार गठन भएको बताए। विदेशमा रहेका नेपालीहरूले निर्वाचनका क्रममा रास्वपालाई गरेको समर्थनप्रति आभार व्यक्त गर्दै उनले सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको दाबी गरे।
मन्त्री खनालले नेपालमा सुशासनको अभाव रहेकाले आफ्नो दलले सुरुदेखि नै सुशासनलाई प्रमुख एजेन्डा बनाएको बताए। भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रस्तुत हुनु आवश्यक रहेको उल्लेख गर्दै उनले आर्थिक समृद्धि र विकासलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
भ्रष्टाचारसँग सम्बन्धित विभिन्न काण्डका फाइल खुल्ने विषयमा सार्वजनिक बहस भइरहेका बेला सरकारले त्यसतर्फ पनि काम अघि बढाइरहेको उनको भनाइ थियो। तत्काल सबै परिणाम देखिन नसके पनि निश्चित समयपछि सरकारले गरेका कामको सकारात्मक नतिजा देख्न सकिने विश्वास उनले व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ जेठ २०८३, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्र मन्त्री खनाल बेइजिङमा
परराष्ट्र मन्त्री खनाल आगामी आइतबार चीन भ्रमणमा जाँदै
‘लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य नहुने’ : परराष्ट्र मन्त्री खनाल
परराष्ट्र मन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता
परराष्ट्र मन्त्री खनाल नयाँ दिल्ली प्रस्थान
‘सुशासन र तीव्र आर्थिक विकास सरकारको प्राथमिकतामा छ’ : परराष्ट्र मन्त्री खनाल