इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी

सफल खबर संवाददाता

बुधबार, ३० बैशाख २०८३, ११ : १४
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धको लागत करिब २९ अर्ब अमेरिकी डलर पुगेको मंगलबार बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व र सैन्य तयारीमा यसको प्रभावको बारेमा बढ्दो छानबिनको सामना गर्नुपरेको समय यो तथ्यांक सार्वजनिक भएको हो । 

क्यापिटल हिलमा बजेट सुनुवाइको क्रममा रक्षा विभागले सार्वजनिक गरेको नयाँ तथ्यांक दुई हप्ताअघि रक्षा सचिव पिट हेगसेथले प्रस्ताव गरेको अनुमानभन्दा करिब चार अर्ब डलर बढी हो।

हेगसेथ र ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’का अध्यक्ष जनरल डनकेनले पेन्टागनका वित्त प्रमुख जुल्स हर्स्ट तृतीयसँग सन् २०२७ का लागि १.५ ट्रिलियन डलरको बजेट अनुरोधमा बहस भइरहेका समय उनीहरूलाई युद्धको खर्च सार्वजनिक गर्न आवाज उठेको थियो।

‘युद्धको बहसको समयमा यो खर्च २५ अर्ब डलर हुने बताइएको थियो,’ हेगसेथको अप्रिल २९ को अनुमानलाई उद्धृत गर्दै हर्स्टले सांसदहरूलाई भने। ‘तर संयुक्त कर्मचारी टोली र नियन्त्रक टोलीले लगातार त्यो अनुमानलाई हेरिरहेका छन्, त्यसैले यो बजेट २९ अर्बको नजिक छ,’ अद्यावधिक ‘उपकरण लागतको मर्मत र प्रतिस्थापन’ र व्यापक परिचालन खर्चलाई उद्धृत गर्दै उनले भने।

काङ्ग्रेसले युद्धको लागतको पूर्ण हिसाब कहिले प्राप्त गर्नेछ भन्ने प्रश्नमा हेगसेथले भने, ‘प्रशासनले पेन्टागनको मुख्य बजेटबाट अलग ‘हामीलाई जे चाहिन्छ त्यो अनुरोध गर्नेछ’ भनेको छ तर त्यो पूरक अनुरोध कहिले आउँछ भनेर बताएको छैन।’

प्रतिक्रिया दिनुहोस